काठमाडौं- नबिल बैंकको सञ्चालकमा मलय मुखर्जीलाई मनोनित गरिएको छ। भदौ १ गते भएको नबिल बैंकको ४९३ औं सञ्चालक समितिको बैठकले मुखर्जीलाई बैंकको ‘क’ समूहका शेयरधनीकोतर्फबाट सञ्चालकमा मनोनित गरिएको हो।
बैंकका अनुसार उनले मानोनित गरेकै दिन पदबहाली गरेका थिए। बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्याल, अन्य सञ्चालकहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह लगायत व्यवस्थापनका उच्च पदस्थ अधिकारीहरुले नवनियुक्त सञ्चालकको स्वागत गरेका थिए।
मुखर्जी कर्जा विष्लेशण, जोखिम व्यवस्थापन, प्रविधि विकासलगायत बैंकिङ क्षेत्रको लामो अनुभव तथा ज्ञान रहेको वरिष्ठ बैंकर हुन्। बैंकका अनुसार मुखर्जीले आइएफसीआइ लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशकको जिम्मेवारीका साथै आइफसीआई समूहअर्न्तगत रहेका विभिन्न कम्पनीहरुमा अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन्।
उनले सेन्ट्रल बैंक अफ इडियामा सेप्टेम्बर २०१२ देखि डिसेम्बर २०१३ सम्म कार्यकारी निर्देशकको पदमा समेत काम गरिसकेको जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४