बुधबार, असोज २८, २०८३

सिभिल बैंकको ६८ शाखाबाट 'अनलाइन फि पेमेन्ट'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपालका विभिन्न स्थानहरुबाट वर्षेनी विदेश गएका बुझाउनुपर्ने शुल्कहरु भुक्तानी गर्न असहज भएको भन्दै सिभिल बैंकका कुनै पनि शाखामा गएर 'अनलाइन फि पेमेन्ट' गर्न सकिने सुविधा ल्याएको छ। 

विदेशको उच्च शिक्षा हासिल गर्न दिनु पर्ने अनिवार्य परीक्षाहरु स्याट, जीआरई, जीम्याट एक्टलगायतको रेजिस्ट्रेसन शुल्क र नेपालमै बसी अध्ययन गर्न सकिने अन्तराष्ट्रिय कोर्स एसीसीए लगायतका अनलाइन कोर्सहरुको रेजिष्ट्रेसन तथा फि पनि अब विद्यार्थीहरुले सहजै सिभिल बैंकका शाखाहरुवाट भुक्तानी गर्न सक्ने जनाइएको छ। 

उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुले अब सिभिल बैंकको ६८ वटा मध्ये ग्राहकहरुलाई पायक पर्ने कुनै पनि शाखामार्फत बिना झन्झट भुक्तानी गर्न सक्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए।

बैंककाअनुसार सिभिल बैंकले हालसम्म २ लाख ५० हजारभन्दा बढी ग्राहकहरु रहेको र ४० अर्बभन्दा बढी निक्षेप लिइ ३९ अर्ब रुपैयाँभन्दा बढी कर्जा परिचाल नगरेको छ। 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्