काठमाडौं- साताको पहिलो दिन ओरालो लागेको नेप्से आज चौथो दिन बुधबार पनि १.४७ अंकले नेप्से परिसूचक घटेर एक हजार १८२.४२ अंकमा पुगेको छ।
आइतबार १४.०३ अंकले घटेको नेप्से सोमबार ८.२२ अंकले घटेको थियो भने मंगलबार ४.१८ अंकले घटेको थियो। विगत तीनभन्दा नेप्सेमा सामान्य सुधार देखिए पनि उकालो लाग्न भने सकेन्। बुधबार नेप्से बजारमा आएका अधिकांश समूहरुको परिसूचक रातो हुँदा नेप्से घटेको हो।
बुधबार १५३ कम्पीहरुको २ हजार ५४६ कारोबारबाट ६ लाख ६३ हजार ३९० पटक शेयर खरिद बिक्री भएको छ। उक्त खरिद बिक्रीबाट १६ करोड ९२ लाख ९७ हजार ६१५ रुपैयाँको कारोबार भएको छ।
‘क’ वर्ग कम्पनीको मापन गर्ने सेन्सेटीभ इण्डेक्स समेत ०.३९ प्रतिशत घटेर २४९.५३ बिन्दुमा पुगेको छ। मंगलबार पनि ४.१८ अंक नेप्से परिसूचक घट्दा १७ करोड ९५ लाख ५८ हजार ९३० रुपैयाँको कारोबार भएको थियो।
नेप्से बजारमा आएका एघार समूहमध्ये तीन बाहेक सबैको परिसूचक रातो भएको छ। सबैभन्दा बढी लाईफ इन्स्योरेन्स समूहको परिसूचक ५६.६ अंक घटेको छ ।
त्यसपछि नन लाईफ इन्स्योरेन्सको परिसूचक ७.७९, अन्य समूहको परिसूचक २.१३ अंक घटेको छ ।
यीबाहेक बैंकिङ, होटेल, विकास बैंक, माइक्रोफाइनान्सको समूहको परिसूचक घटेको छ । यसैबीच हाइड्रो पावर, उत्पादनमुलक समूह र फाइनान्स समूहको परिसूचक भने क्रमशः ९.६१, २.२ र १.१९ अंक बढेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४