बुधबार, असोज २८, २०८३

महंगीदर घट्यो, १३ वर्षपछि सबैभन्दा कम ४.२ प्रतिशत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- तेह्र वर्षपछि गएको आर्थिक वर्ष ०७४-७५ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशतमा सीमित भएको छ। अघिल्लो आव ४.५ प्रतिशत रहेको मुद्रास्फीति गएको आवमा झन कम भएको हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थितिअनुसार आव ०६०-६१ मा सबैभन्दा कम ४.० प्रतिशत मुद्रास्फीति रहेको थियो। त्यसयता सबैभन्दा कम गएको वर्ष भएको हो।

गएको वर्ष ७ प्रतिशत हुने अनुमान गरिएकोमा ४.० प्रतिशतमा सीमित भएको राष्ट्र बैंकले जानकारी दिएको छ। गएको १५ वर्षको अवधिमा सबैभन्दा बढी ०६५÷६६ मा मुलकको उपभोक्ता मुद्रास्फीति १२.६ प्रतिशत रहेको थियो।

आपूर्ति व्यवस्थापनमा आएको सुधार तथा भारतमा समेत न्यून  मूलयवृद्धि रहेको  कारण समीक्षा वर्षमा समग्र उपभोक्ता मुद्रास्फीतिमा कमी आएको बैंकको भनाइ छ।




 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्