बिहीबार, कात्तिक १२, २०८३

नवाज पढ्ने विषयमा विवाद हुँदा झडप, १० जना घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- नवाज पढ्ने विषयमा विवाद हुँदा महोत्तरीमा चार महिलासहित १० जना घाइते भएका छन्। पहिले नवाज पढ्ने विषयमा मुस्लिम धर्मावलम्वीबीच विवाद हुँदा झडप भएको हो। स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको छ।

महोत्तरीको लोहारपट्टी गाउँपालिका–३ महदैया चोकस्थित इदगाहा मस्जिदमा कांग्रेस र राजपा पक्षधर मुस्लिम धर्मावलम्वीबीच नवाज पढ्ने विषयमा झडप भएको स्थानीय बासिन्दाले जानकारी दिए। 

बकर ईदको अवसरमा हरेक वर्ष नवाज पढाउन भारतबाट त्यहाँ मौलवी (धर्मगुरु) आउने गर्छन्। तर, यस वर्ष एक जना मौलवी मात्र आएपछि पहिला आफूहरूलाई पढाउनुपर्ने अडान दुवै पक्षले राखेपछि विवाद भएको थियो। विवाद उग्र भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल बताए।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। ६० वर्षीय अजिज कवारी, २३ वर्षीय सौकत अली कवारी र ३२ वर्षीय इसराफुल कवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी महोत्तरीले जनाएको छ।

प्रहरीका अनुसार अहमद राइन, आफताव राइन, हसिन राइन, लालु कवारी, अख्तर राइन, मन्सुर राइन, मोसलिम राइनलगायत घाइते भएका छन्। उनीहरूको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।