मंगलबार, चैत ३, २०८२

एसईई नतिजा : ३.६ देखि ४ जीपीए ल्याउने परीक्षार्थी ९ हजार ६३३ जना

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो। कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष भने बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको थियो।

National life

यस पटकको एसईईमा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालय परीक्षामा सहभागी थिए। जसमध्ये २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा फर्म भरेकोमा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए।

सार्वजनिक भएको परिणामअनुसार ३.६ देखि ४ जीपीए ल्याउने परीक्षार्थी ९ हजार ६ सय ३३ जना छन्। त्यसैगरी ३.२ देखि ३.६ जीपीए ल्याउने ४१ हजार ६२७ र २.८ देखि ३.२ जीपीए ल्याउने ६९ हजार ९०० जना छन्।

२.४ देखि २.८ जीपीए ल्याउने ९० हजार ७५८, २ देखि २.४ जीपीए ल्याउने १ लाख १२ हजार ७३३ र १.६ देखि २ जीपीए ल्याउने १ लाख ५९४ जना छन्।

१.२ देखि १.६ जीपीए ल्याउने परीक्षार्थी ४४ हजार ५८६ जना रहेको परीक्षा बोर्डले जनाएको छ। त्यसैगरी ०.८ देखि १.२ जीपीए ल्याउने ३ हजार २८० जना छन्। 

Laxmi sunrise bank
kumari

यसरी हेर्न सकिन्छ नतिजा


प्रकाशित: Jul 27, 2022| 16:17 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्