बिहीबार, वैशाख ३१, २०८३

नुवाकोटमा पनि भेटियो हैजा

नुवाकोटको ककनीमा पछिल्लोप पकट हैजाका संक्रमित भेटिएपछि हालसम्म १२ पालिकामा हैजा संक्रमित पुष्टि भएको हो।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं- असारमा राजधानीमा पुष्टि भएको हैजा हालसम्म ४ जिल्लामा देखिएको छ। काठमाडौं, ललितपुर, भक्तपुरसहित नुवाकोटमा पनि हैजा भेटिएको हो। 

National life

नुवाकोटको ककनीमा पछिल्लोप पकट हैजाका संक्रमित भेटिएपछि हालसम्म १२ पालिकामा हैजा संक्रमित पुष्टि भएको हो। 

हालसम्म हैजा संक्रमित हुनेको संख्या ३६ पुगेको छ। काठमाडौं महनागरपालिकामा मात्र १४ जनामा हैजा पुष्टि भएको छ।

कागेश्वरी मनोहरामा ८, गोकर्णेश्वरमा २, चन्द्रागिरिमा २ तथा नागार्जुन, बूढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा १/१ जनामा हैजा संक्रमण देखिएको छ। ललितपुर महानगरमा ३ र महालक्ष्मीमा १ जनामा हैजा पुष्टि भएको छ।

भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा १/१जनामा हैजा देखिएको छ। नुवाकोटको ककनी गाउँपालिकामा पनि १ जनामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ।

प्रकाशित: Jul 27, 2022| 15:37 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्