बिहीबार, कात्तिक १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्याको दोषी लुकाएको भन्दै प्रदर्शन, १२ सेल अश्रुग्यास प्रहार

निर्मला हत्याको दोषी लुकाएको भन्दै प्रदर्शन, १२ सेल अश्रुग्यास प्रहार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कञ्चनपुर- बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको वास्तविक हत्यारा प्रहरीले पक्राउ गर्न नसकेको भन्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले बुधवार १२ सेल अश्रुग्यास प्रहार गरेको छ।

भीमदत्त बजार क्षेत्रमा प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन भइरहेको छ। प्रहरीले सोमबार मानसिक सन्तुलन गुमाएका एक व्यक्तिलाई हत्यारा भएको भन्दै सार्वजनिक गरेपछि स्थानीय बासिन्दाले मुख्य दोषीको खोजी गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्। 

आज बिहानैदेखि बजार बन्द गराउँदै आन्दोलनमा उत्रीएका प्रदर्शनकारीमाथि प्रहरीले लाठीसहित अश्रुग्यास प्रहार गरेको हो। मंगलबारदेखि बजार बन्द गराउदै आन्दोलनलाई शसक्त पारेका उनीहरुले प्रहरीले घटनाको वास्तविक दोषि लुकाउन मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई पक्राउ गरि घटनालाई ढाकछोप गर्न लागेको आरोप लगाउँदै आएका छन्। 

आन्दोलित स्थानीयले भीमदत्तनगर बजार बन्द गर्नुका साथै जिल्ला प्रशासन कार्यालय, राजमार्ग नजिक रहेको ट्राफिक पोष्ट र दशरथचन्द चोक लगायतका स्थानमा प्रदर्शन गरिरहेका छन्। आन्दोलन चर्किएपछि स्थानीय र प्रदर्शनकारीबीच बेला बेलामा झडप समेत हुने गरेको छ। 

उनीहरुले घटनाका वास्तविक दोषि पक्राउ नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने बताएका छन्। 

निर्मलाको वलात्कार पछि हत्या गरेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका-१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। विष्ट मानसिक अवस्था ठीक नभएको व्यक्ति रहेको जनाउँदै स्थानीयले प्रहरीले निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउन नसकेको आरोप लगाएका छन् ।

गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा निर्मलाको शव भेटिएको थियो। उनको साउन ११ गते दिउँसो हत्या भएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।