बिहीबार, कात्तिक १२, २०८३

दुर्घटनामा वडाध्यक्ष र इन्जिनियर घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- दैलेख सडक खण्डमा बुधबार भएको सडक दुर्घटनामा वडाध्यक्ष र इन्जिनियर घाइते भएका छन्। 

दुर्घटनामा जुम्ला हिमा गाउँपालिकाका वडाध्यक्ष रजबहादुर शाही र सोही गाउँपालिकाका इन्जिनियर ललित रावत घाइते भएका हुन्। प्रहरीका अनुसार अध्यक्ष शाहीको अवस्था सामान्य छ भने इन्जिनियर रावतको अवस्था गम्भीर छ। 

दुवैलाई उपचारका लागि क्षेत्रीय अस्पताल सुर्खेतमा पठाइएको प्रहरी चौकी रानिमत्ताका इन्चार्ज भीमबहादुर बस्नेतले बताए। दैलेखबाट सुर्खेत आउँदै गरेको बा४ख ५४४१ नम्बरको फोर्स गाडी र सुर्खेतबाट जुम्ला जाँदै गरेको लु४२प ६९९८ नम्बर मोटरसाइकल एकआपसमा ठोक्किएको हुन्। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।