काठमाडौं- नवलपरासी पूर्व (नवलपुर) को विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ दाउन्नेमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भई पल्टिएको थियो।
बस सडकमै पल्टेपछि आगलागी भएको प्रहरीले जनाएको छ। मध्यविन्दु जिल्ला अस्पताल डण्डामा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।