काठमाडौं- चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७९/८० को कार्यतालिका सार्वजनिक गरेको छ।
आयोगले एकीकृत प्रवेश परीक्षा लगायत विद्यार्थी भर्ना सम्बन्धी कार्यक्रमको तालिका सार्वजनिक गरेको हो।
आयोगको सूचनाअनुसार स्नातक तहका परीक्षा सञ्चालन र नतिजा प्रकाशन माघ दोस्रो तेस्रो हुनेछ भने स्नातकोत्तर तथा स्पेसियालिटीसहितका कार्यक्रमको परीक्षा एवं नतिजा कार्तिक तेस्रो हप्तालाई तोकिएको छ। साथै डीएम/एमसीएच तथा सब स्पेसयालिटीसहितका कार्यक्रमको परीक्षा असोज दोस्रो हप्ता हुनेछ।
कोभिडका कारण शैक्षिक कार्यक्रमहरुको कार्यतालिका समायोजन गर्दै जाँदा २०७९ पछि प्रत्येक तहगत कार्यक्रमहरु ३ महिना अगाडि सर्न सक्ने आयोगले जनाएको छ।