सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाकिस्तानको छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न आवेदन माग

पाकिस्तानको छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न आवेदन माग

पाकिस्तान सरकारले दिने छात्रवृत्तिमा चिकित्सा शिक्षा स्नातक तह अध्ययनका लागि आवेदन माग गरिएको छ।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं- पाकिस्तान सरकारले दिने छात्रवृत्तिमा चिकित्सा शिक्षा स्नातक तह अध्ययनका लागि आवेदन माग गरिएको छ। 

National life

चिकित्सा शिक्षा आयोगले मंगलबार सूचना जारी गरी शैक्षिक शत्र २०२२/२०२३ का लागि पाकिस्तान अध्ययन गर्न आवेदन माग गरेको हो। 

पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त हुने पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम(पीटीएपी) अन्तर्गत १९ विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्न पाउने आयोगले जनाएको छ। १९ मध्ये एमबीबीएसतर्फ १०, बीडीएस तर्फ १ र डी. फार्मेसीतर्फ ८ विद्यार्थी पाकिस्तान अध्ययनका लागि जान पाउनेछन्।

योग्यता पुगेका इच्छुक विद्यार्थीले साउन १६ गते अपरान्ह ५ बजेसम्म आवेदन दिनसक्ने आयोगले जानकारी दिएको छ। 

गत चैत्रमा भएको चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षा पास गरी योग्यताक्रममा रहेका, कक्षा १२ को परीक्षामा ६५ प्रतिशत भन्दा बढी अंक ल्याएका विद्यार्थीले आवेदन दिनसक्ने छन्।

प्रकाशित: Jul 27, 2022| 08:48 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।