बिहीबार, असोज २२, २०८३

विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी

बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन्।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

धनगढी- बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन्। 

जिल्लाको मेलौली नगरपालिका-५ खलीगाडकी १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, ८ वर्षीया सोनीया जोशी र ४ वर्षीया दीव्या जोशी बिरामी भएको प्रहरीले जनाएको छ।

उनीहरूको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ। मंगलबार बिहान जंगलबाट टिपेर ल्याएको च्याउ घरमै पकाएर खाएका उनीहरूले बन्ता गर्न थालेपछि अपराह्न पाँच बजे स्वास्थ्य केन्द्र लगिएको थियो। उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ।

प्रकाशित: Jul 27, 2022| 07:55 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।