आइतबार, साउन १७, २०८३

खोलाले बगाउँदा नुवाकोटमा एक जनाको मृत्यु

खोलाले बगाउँदा नुवाकोटमा एक जनाको ज्यान गएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ मा खोलाले बगाएर एक महिलाको मृत्यु भएको हो।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

नुवाकोट- खोलाले बगाउँदा नुवाकोटमा एक जनाको ज्यान गएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ मा खोलाले बगाएर एक महिलाको मृत्यु भएको हो। 

मंगलबार साँझ ५५ वर्षीया सुकुमई तामाङको बेलकोटखोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले बताए। 

खोलाले बगाएकी तामाङको खोजी गर्दा उनी बगाएको स्थानभन्दा एक किलोमिटर तल रैकरेचौतिस भन्ने स्थानमा मृत फेला परेकी थिइन्। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली ल्याइएको छ।

उनी वडा नम्बर १२ की एमालेबाट निर्वाचित महिला सदस्यसमेत हुन्।

प्रकाशित: Jul 27, 2022| 07:31 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।