मंगलबार, चैत ३, २०८२

एसईई रिजल्ट आज सार्वजनिक हुने, कसरी हेर्ने नतिजा

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी भएको छ।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं- २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी भएको छ। 

National life

परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा बुधबार सार्वजनिक गर्ने तयारी गरिएको हो। यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षको मूल्याङ्कन अलग–अलग गरिने छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ। नतिजा सार्वजनिक भएको एक/दुई हप्तामा विद्यार्थीका हातमा लब्धाङ्कपत्र अर्थात मार्कसिट पुग्नेछ। 

यसअघि सैद्धान्तिक र  प्रयोगात्मक  दुवै तर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो। एसईई नतिजालाई परीक्षार्थीको प्राप्ताङ्कअनुसार आठवटा  ग्रेड निर्धारण गरिनेछ ।

परीक्षार्थीको प्राप्ताङ्क अनुसार ९०  भन्दा  माथि  ल्याउनेलाई  ‘ए’ प्लस  ग्रेड  मानिने छ, जसलाई  जीपीए ४  दिइनेछ। ८० देखि ९० अङ्कसम्मकालाई  ‘ए’ ग्रेड  मानिनेछ, जसलाई जीपीए ३ दशमलव ६ दिइनेछ। त्यस्तै ७०  देखि  ८० अङ्कसम्मलाई  ‘बी’ प्लस  ग्रेड मानिने छ, जसलाई जीपीए ३ दशमलव २ दिइनेछ। ६० देखि ७० अङ्कसम्मलाई  ‘बी’  ग्रेड  मानिनेछ  र  त्यसलाई जीपीए २ दशमलव ८ दिइनेछ।

Laxmi sunrise bank
kumari

५०  देखि  ६० अङ्कसम्मकालाई  ‘सी’  प्लस  ग्रेड  दिइन्छ र  जीपीए  २ दशमलव ४  मानिनेछ।  ४०  देखि  ५०  अङ्कसम्मकालाई  ‘डी’  प्लस  ग्रेड  मानिने  र  जीपीए २  दिइनेछ।  त्यस्तै ३५  देखि  ४०  सम्मकालाई  ‘डी’   ग्रेड मानिने  र  जीपीए १ दशमलव ६ दिइनेछ।

३५ अङ्कभन्दा  तलकालाई  भने  ग्रेडमा  गणना  गरिने  छैन। यो  समूहमा  पर्ने विद्यार्थी एसईईपछि माथिल्लो  तहमा भर्नाका लागि अयोग्य मानिने छ। परीक्षा नियन्त्रण कार्यालयले  यस पटक दुई वर्षपछि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन  गरेको  थियो।

परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिए। नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा  www.see.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा थाहा पाउन सकिन्छ। त्यस्तै अरु विभिन्न माध्यमबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

प्रकाशित: Jul 27, 2022| 06:41 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्