बुधबार, फागुन २०, २०८२

इरानमा छ जना सशस्त्र लागुऔषध तस्कर मारिए

इरानी प्रहरीले दक्षिणी प्रान्त केरमानमा गरेको कारबाहीमा छ सय ९७ केजी अवैध लागुऔषध बरामद गर्नाका साथै छ जना सशस्त्र तस्करलाई मारेको प्रान्तीय प्रहरी प्रमुख अब्दोलरेजा नाजेरीले बताएका छन्।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

kumari

तेहरान- इरानी प्रहरीले दक्षिणी प्रान्त केरमानमा गरेको कारबाहीमा छ सय ९७ केजी अवैध लागुऔषध बरामद गर्नाका साथै छ जना सशस्त्र तस्करलाई मारेको प्रान्तीय प्रहरी प्रमुख अब्दोलरेजा नाजेरीले बताएका छन्। 

कारबाहीका क्रममा तस्करहरूबाट हातहतियार र ठूलो परिमाणमा गोला बारुद फेला परेको उनले बताए । तस्करकरूको आक्रमणमा परी एकजना प्रहरी जवानको मृत्यु भएको र पाँचजना घाइते भएका छन् । 

अफगानिस्तानबाट युरोपसम्म लागूऔषध तस्करी गर्न सशस्त्र तस्करहरूले इरानलाई प्रयोग गर्दै आएका छन् ।   विगत केही दशकयता  इरानका पूर्वी र दक्षिणपूर्वी सीमानामा सुरक्षा बलहरू र सशस्त्र लागूऔषध तस्करबीच घातक झडप हुँदै आएका छन् । 

प्रकाशित: Jul 27, 2022| 05:00 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।