बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जर्मनीमा हवाई सेवाका कर्मचारीले तलब नपाएको भन्दै विमानस्थलमा हड्ताल गर्दै

जर्मनीमा हवाई सेवाका कर्मचारीले तलब नपाएको भन्दै विमानस्थलमा हड्ताल गर्दै

वेतन वृद्धिको माग गर्दै विमानस्थलमा काम गर्ने कर्मचारीले बुधबार हडताल गर्ने घोषणा गरेसँगै लुफ्थान्साले बुधबार फ्रान्कफर्ट र म्युनिखबाट हुने सबै उडान रद्द गर्न बाध्य भएको बताएको छ। 'ग्राउन्ड स्टाफ’ले गरेको हडतालले एक लाखभन्दा बढी यात्रीलाई असर पारेको छ ।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

बर्लिन- वेतन वृद्धिको माग गर्दै विमानस्थलमा काम गर्ने कर्मचारीले बुधबार हडताल गर्ने घोषणा गरेसँगै लुफ्थान्साले बुधबार फ्रान्कफर्ट र म्युनिखबाट हुने सबै उडान रद्द गर्न बाध्य भएको बताएको छ। 'ग्राउन्ड स्टाफ’ले गरेको हडतालले एक लाखभन्दा बढी यात्रीलाई असर पारेको छ ।

एयरलाइन्सले फ्रान्कफर्टबाट ६७८ र म्युनिखबाट ३४५ उडान रद्द गर्न बाध्य भएको जनाउँदै मंगलबार फ्रान्कफर्टबाट ३२ र म्युनिखबाट १५ उडान रद्द गर्नुपरेको बताएको छ। लुफ्थान्साले फ्रान्कफर्ट उडान रद्द गर्दा ९२ हजार र म्युनिखको अवरोधले उडान नहुँदा ४२ हजार यात्री प्रभावित हुने बताएको छ। 

एयरलाइन्सले प्रभावितहरूलाई सम्पर्क गर्ने र सम्भव भएसम्म वैकल्पिक उडानको व्यवस्था गर्ने जनाएको छ। यद्यपि उसले वैकल्पिक उडानमा सबैलाई समेट्न सकिने सुनिश्चितता गरेको छैन। उपलब्ध सीटमा यात्रीलाई उनीहरूलाई गन्तव्यसम्म पु¥याउन प्रयास गरिने बताइएको छ। विमान कम्पनीले हडतालका कारण बिहीबार र शुक्रबार उडान रद्द वा ढिलाइ पनि हुनसक्ने जनाएको छ।  

करिब २० हजार कर्मचारीले तलब वृद्धिको माग गर्दै सोमबार एकदिवसीय हडतालको घोषणा गरेका थिए। युरोपभरका विमास्थलमा कर्मचारी अभाव र यात्रीको चाप बढिरहेका बेला लुफ्तान्साका कर्मचारीको हडतालले जटिलता थपेको छ। यात्रीको बढ्दो चापले गर्दा सुरक्षा जाँचमा अवरोध भएको छ भने यात्रीका लामा लाइनले विमानस्थल साघुँरो भएको छ। 

मुद्रास्फीति बढ्दै जाँदा फ्रान्स, स्वीडेन, नर्वे र डेनमार्कमा स्क्यान्डिनेभियन एयरलाइन्सका पाइलटले उच्च तलबको माग गर्दै हडताल गर्दा अन्तिम समयमा उडान रद्द गर्नुपरेको छ भने केही उडानमा लामो विलम्ब मात्र भएको छैन हराएको सामान वा झिटीगुन्टाका लागि धेरै समय प्रतीक्षा गर्नुपरेको छ। यस्तो दृश्यले विमानस्थलमा अराजकता बढेको छनक दिएको छ। 

kumari

प्रकाशित: Jul 27, 2022| 06:00 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।