मस्को- रूसले युक्रेनको ब्ल्याक सीमा पुनः आक्रमण गरेको छ। ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ।
देशको दक्षिणी तटमा निजी भवन र बन्दरगाह पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको छ भने ओडेसा क्षेत्रका तटीय गाउँका धेरै निजी भवनमा प्रहार हुँदा तिनमा आगो लागेको छ। ओडेसा बन्दरगाहबाट खाद्यान्न ढुवानी पुनः सुरु गर्न मस्को र किएभ सहमत भएको एक साता नबित्दै रूसले बन्दरगाह पूर्वाधारलाई लक्षित आक्रमण बढाएको छ।
यसैबीच, रुसका एकजना शीर्ष कूटनीतिज्ञले युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न मस्को तयार रहेको दोहो¥याएका छन्। यद्यपि उनले युक्रेनका सहयागी पश्चिमा देशले त्यो नचाहेको दाबी गरे।
'हामीले वार्ता गर्न कहिल्यै अस्वीकार गरेका छैनौँ सबैलाई थाहा वैमनस्य वार्ताको टेबलमा समाप्त हुन्छ,' रूसी विदेशमन्त्री सर्गेई लाभरोभले मङ्गलबार युगान्डा भ्रमणको क्रममा भनेका छन्। गत मार्चको अन्त्यमा इस्तानबुलमा दुई पक्षबीच भएको बैठकपछि वार्ता अगाडि बढेको उनले बताए।