सोमबार, जेठ ४, २०८३

सुर्खेतमा नौ लाख मूल्यका खाद्य वस्तु नष्ट

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८÷७९ मा रु नौ लाख मूल्य बढीका म्याद गुजे्रका खाद्य वस्तु नष्ट गरेको छ। सो अवधिमा उक्त कार्यालयले दलहन, मिठाइ, पेय पदार्थ, मसला, तेल तथा घ्यू, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, मसला, चिया, कफी, प्रशोधित पिउने पानी, गुलियो पदार्थ, नुन, मासु र दाना नष्ट गरेको हो।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

सुर्खेत- खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८÷७९ मा रु नौ लाख मूल्य बढीका म्याद गुजे्रका खाद्य वस्तु नष्ट गरेको छ। सो अवधिमा उक्त कार्यालयले दलहन, मिठाइ, पेय पदार्थ, मसला, तेल तथा घ्यू, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, मसला, चिया, कफी, प्रशोधित पिउने पानी, गुलियो पदार्थ, नुन, मासु र दाना नष्ट गरेको हो।

National life

कार्यालयले कार्यक्षेत्रअन्तर्गत पर्ने सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, डोल्पा र हुम्लाका विभिन्न बजारबाट रु नौ लाख १० हजार चार सय ६३ मूल्य बराबरका खाद्य वस्तु नष्ट गरेको जनाएको छ। डिभिजन कार्यालयले गत आवमा एक सय ३१ पटक बजार अनुगमन गरेको थियो। कार्यालयले खाद्य वस्तुको गुणस्तर जाँच तथा अनुगमनका साथै कारबाहीका लागि प्राविधिक सहयोग गर्ने गर्दछ। उक्त अवधिमा सात उद्योगलाई कारबाही सिफारिस गरिएको थियो। 

कार्यालय प्रमुख भेषबहादुर थापाले बजारमा म्याद गुज्रेका, मिसावट गरेका र सडेगलेका सामानसमेत बिक्री गर्ने गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण ऐनबमोजिम कारबाही गरिएको जानकारी दिए। 'पहिलोपटक अखाद्य वस्तु नष्ट गर्ने र व्यवसायीलाई सचेत गराउने गरेका छौँ,' उनले भने, 'ग्रामीण क्षेत्रमा म्याद गुज्रिएका र मिसावट गरिएका अखाद्य वस्तुको बिक्री बढी हुने गरेको पाइयो, अनुगमन बढाएपछि बजारमा केही सुधारका सङ्केत पनि देखिएका छन्।'

उनका अनुसार होटल तथा रेष्टुराँको अनुगमन ५३ पटक, खाद्य उद्योगको ८० पटक र दाना उद्योगको छ पटक तथा दूध, तेल र पानी उद्योगमा २४ पटक अनुगमन गरिएको थियो। अनुगमनका क्रममा ४६ खाद्य वस्तु र पाँच दाना उद्योगबाट नमूना सङ्कलन गरिएको थियो। गत आवमा होटलमा लोगो स्तरीकरण र नवीकरणसम्बन्धी कार्य पनि सम्पन्न भएको छ। 

प्रकाशित: Jul 26, 2022| 23:30 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।