काठमाडौं- कोहलपुर नगरपालिका वडा नं. १४ पार्वतीपुरका विजयकुमार गडरिया र भाउजु रेखाले भारतबाट पेशवर हत्यारा बोलाएर २५ वर्षीय भाइ कृष्णकुमार गडरिया र २३ वर्षीया बुहारी अञ्जली गडरीयाको हत्या गराएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार घरायसी रिसइबी साँध्न भाइबुहारीको हत्या गराएको खुलेको छ।
एसपी अधिकारीका अनुसार भारतबाट प्रतिव्यक्ति ५० हजारका दरले भारतबाट पेशेवर हत्यारा बोलाइएको पाइएको छ। '५०/५० हजार रुपैयाँ दिएर भारतबाट दुई जना कन्ट्याक्ट किलरलाई बोलाएर सोमबार राति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको हो', एसपी अधिकारीले भने, 'उनीहरूले बुहारीको हत्याको योजना बनाएका रहेछन्। भाइ पनि आएपछि दुबै जनाको हत्या भएको हो। अभियुक्त दाइले हत्याको जिम्मेवारी लिइसकेका छन्।'
हत्यामा संलग्न मुख्य अभियुक्त भारतीय नागरिक भने फरार छन्। उनीहरू मृतकका नातेदार नै भएको प्रहरीले जनाएको छ। केही महिना अघि बुहारी अञ्जलीले पति कृष्ण र ससुरा घिरनलाई घरायसी विषयमा उक्साएर आफूलाई कुटपिट गर्न लगाएको रिसइबी साँध्न हत्या गरेको विजयले प्रहरीलाई बयानमा दिएका छन्। एउटै घरमा बस्ने उनीहरूको बुबा घरमा नभएको मौका छोपेर हत्या भएको छ।
बाँकेका प्रहरी प्रमुख अधिकारी र इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्ललगायतको टोलीले घटनाबारे जानकारी पाए लगत्तै घटनास्थल पुगेर सुक्ष्म अध्ययन गरेका थिए।
जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार इलाका प्रहरी कार्यालय कोहलपुरमा पत्रकार सम्मेलन गरेर हत्याका अभियुक्त दाजु-भाउजुलाई सार्वजनिक गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।
एक वर्षअघि मात्रै बिहे भएको थियो
२५ वर्षीय कृष्णकुमार र उनकी २३ वर्षीया श्रीमती अञ्जलीले पनि बेलुकी परिवारका अन्य सदस्यसँगै सँगै खाना खाए र सुत्न आफ्नो कोठामा गए। अगाडिपटिको सटर भाडामा दिएका उनीहरू पछाडि बस्थे।
राति सुतेका उनीहरूलाई बिहान कृष्णकुमारकी भाउजूले मृत फेला पारिन्। उनी चिच्याउँदै बाहिर आइन्। बाहिर होटल सञ्चालकले के भयो भनेर सोधे। उनले घटनाबारे भनिन्। होटल सञ्चालक पनि उनीसँगै पछि लागेर गए।
भित्र पुग्दा कृष्णको दायाँ हातको नाडीमा धारिलो हतियारले काटेको र रगताम्य अवस्थामा शव फेला परेको थियो। उनकी श्रीमती मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको अवस्थामा कोठामा शव फेला परेको थियो। शव उत्तानो अवस्थामा रहेको प्रहरीले जनाएको छ।
राति सुतेका उनीहरूलाई बिहान कृष्णकुमारकी भाउजूले मृत फेला पारिन्। उनी चिच्याउँदै बाहिर आइन्। बाहिर होटल सञ्चालकले के भयो भनेर सोधे। उनले घटनाबारे भनिन्। होटल सञ्चालक पनि उनीसँगै पछि लागेर गए।
बिहान बुझ्दा भाउजूले प्रहरीसँग आफूहरू छतमा रहेको र राति केही थाहा नपाएको बताएकी थिइन्। उनीहरूको एक वर्ष पहिले मात्रै बिहे भएको थियो। कृष्णको परिवार पनि सम्पन्नै थियो। हाइवेमा घर-जमिन भएकाले उनीहरूको आर्थिक अवस्था राम्रै थियो। कृष्ण घरअघि रहेको प्रेसर कुकर उद्योगमा काम गर्थे। श्रीमतीले भने घरधन्दा सम्हाल्दै आएकी थिइन्।
वरपर उद्योग रहेकाले र ती उद्योगमा गार्डहरू पनि हुने भएकाले त्यो स्थान सुरक्षाका दृष्टिले पनि राम्रै रहेको थियो। त्यस्तो स्थानमा घटना घट्नु सुरक्षाका दृष्टिकोणले निकै चुनौतीपूर्ण रहेको स्थानीयले बताएका छन्। घटनास्थलमा प्रहरी पुग्दा मृतक कृष्णको बायाँ हातको नाडीमा धारिलो हतियारले काटेको चोट रहेको र उनी रगताम्य अवस्थामा भेटिएको साथै उनकी पत्नी अञ्जली उत्तानो अवस्थामा रहेको न्यौपानेले बताए। घटनास्थलमा पुगेर स्थलगत मुचुल्का गरी दम्पतीको शव पोष्टमार्टमको लागि भेरी अस्पतालमा पठाएको थियो।