सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुलुकको आर्थिक अवस्थाप्रति राष्ट्रपतिको चासो, नागरिकता विधेयक अध्ययन गर्ने

मुलुकको आर्थिक अवस्थाप्रति राष्ट्रपतिको चासो, नागरिकता विधेयक अध्ययन गर्ने

नागरिकतासम्बन्धी विवाद आजको नभएर धेरै पुरानो रोग हो। अंगीकृतका विषयमा संविधानले पनि बोलेको छ। केही हामीले अपनाउनुपर्ने विषय छ। मेरो सीमाभित्र रहेर मैले काम गर्नुपर्छ। कतिपय कुराहरु हामीले भन्न मिल्दैन।'
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक आफूकहाँ आइपुगेपछि अध्ययन गर्ने बताएकी छन्। लामो समयपछि शितल निवासमा विभिन्‍न सञ्‍चारमाध्यमका सम्पादक, प्रकाशक तथा स्तम्भकारहरुसँगको छलफलका क्रममा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे अध्ययन गर्ने बताएकी हुन्। हाल नागरिकता विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएर हाल राष्ट्रिय सभामा छलफल भइरहेको छ। नागरिकता विधेयकबारे विभिन्‍न कोणहरुबाट टिप्पणी भइरहेको समयमा राष्ट्रपति भण्डारीले आफूले अध्ययन गर्ने बताएकी हुन्। 

National life

पत्रकारको प्रश्‍नको जवाफमा राष्ट्रपति भण्डारीले भनिन्, 'नागरिकतासम्बन्धी विवाद आजको नभएर धेरै पुरानो रोग हो। अंगीकृतका विषयमा संविधानले पनि बोलेको छ। केही हामीले अपनाउनुपर्ने विषय छ। मेरो सीमाभित्र रहेर मैले काम गर्नुपर्छ। कतिपय कुराहरु हामीले भन्न मिल्दैन।'

उनले आफूले छोरीलाई अंश दिन कानुनी व्यवस्थाका लागि पनि लबिश्र गरेकोसमेत स्मरण गरेकी छन्। थप भनिन्, 'छोरीलाई अंश दिने प्रावधानलाई बुज्रुक भनिने केही नेताहरुले नै उल्ट्याउन खोजेको थिए। तर, मैले त्यसलाई रोकेको हो। 

राष्ट्रपति भण्डारीले अहिलेको सत्ता वा प्रतिपक्षको गठबन्धन आफ्नो मामिला वा सरोकारको विषय नभएको पनि स्पष्ट पारेकी छन्। उनले भनिन्, 'गठबन्धन ज-जसले गरे पनि सबैले देशको हितमा सोच्‍नुपर्दछ। गठबन्धन के-कस्तो छ, मेरो मामिला होइन। जस्तो भए पनि जनतामा राम्रो होस्। कसले राम्रो काम गर्छ, त्यसलाई जनताले न्याय गर्छन्। कमसेकम देश र जनताको हित हुनुपर्यो।’

राष्ट्रपति भण्डारीले प्रदेश संरचनाको विषयमा प्रश्‍न उठेको आफ्नो जानकारीमा रहेको पनि उनले बताएकी छन्। उनले भनिन्, 'मैले धारणा नबनाई बसेको छैन तर मैले व्यक्त गर्न जिम्मेवारीको हिसाबले उपयुक्त हुँदैन जस्तो लाग्छ।’

राष्ट्रपति भण्डारीले पत्रकारहरुसँगको भेटघाटको सुरुमै देशको आर्थिक अवस्थता कमजोर बन्दै गएको निष्कर्षसहित आफ्नो चार पृष्ठ लामो लिखित वक्तव्य पढेर सुनाएकी थिइन्। आफूले कुनै सरकारप्रति लक्षित गरेको नभएर विगत ५० वर्ष यताको हिसाब गर्न चाहेको बताइएकी हुन्।

राष्ट्रपति भण्डारीले भनेकी छन्, 'मैले त ५० वर्षको हिसाब गरौं भनेकी छु। के यो कसैप्रति लक्षित हुन्छ? अहिलेसम्म क–कसले कति सहयोग लिनुभयो? कहाँ-कहाँ लगानी भयो? उपलब्धि के पायौं? कतिपय शब्दहरु प्रयोग गर्न मलाई पनि आउँछ तर म प्रयोग गर्दिनँ। देशको अर्थव्यवस्था, आर्थिक प्रणाली बलियो हुनुपर्छ।’

aराष्ट्रपति भण्डारीले हाल देखिएको चुनौतीलाई तत्काल कम गर्न दुई उपाय पनि अवलम्बन गरेकी छन्। भनेकी छन्, 'पहिलो उपाय हो- फजुल खर्च नियन्त्रण र मितव्ययिता अवलम्बन। आर्थिक अनुशासनलाई हामीले अझ कठोरतापूर्वक पालना गर्नु आवश्यक छ। त्यसैले, मैले भन्दै आएको छु- अहिले सबैले मुठ्ठी कस्‍नुपर्ने समय छ। हरेक नागरिक, परिवारदेखि राज्यका निकायहरुलाई खर्च सकेसम्म नियन्त्रण गर्न मेरो आग्रह छ। दोस्रो- अर्थव्यवस्थालाई स्वावलम्बी र आत्मनिर्भर बनाउन नेपालको लागि तुलनात्मक लाभको क्षेत्रमा तत्काल नयाँ फड्को मार्ने गरी कामको सुरुवात गर्नुपर्छ।' 

त्यसैगरी राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्रमा प्रशस्त लगानी भए पनि त्यस अनुसारको प्रतिफल ननिस्किएको बताइन्। भनिन्, 'शिक्षाको सम्बन्ध रोजगारीसँग हुने भएकोले आफ्नो शिक्षित जनशक्तिलाई स्वदेशमा नै पेशा, व्यवसाय गर्ने वातावरण कति निर्माण हुन सक्यो भन्‍ने पक्ष एउटा हो। यससँगै अझ महत्वपूर्ण पक्ष हाम्रो शैक्षिक प्रणालीसँग जोडिएका छन्।' 

कोभिड-१९ महामारीले समग्र स्वास्थ्य क्षेत्रमा ठूलो क्रान्ति माग गरेको पनि राष्ट्रपति भण्डारीले बताएकी छन्। 'मुलुकको आर्थिक प्रणाली, शिक्षा, स्वास्थ्य, विदेश नीतिलगायतका आधारभूत सवालहरुमा राज्यले लिनुपर्ने दिशाका बारेमा हामीलाई हाम्रो संविधानले स्पष्ट मार्गनिर्देशन गरेको छ,'राष्ट्रपति भण्डारीले थपिन्, 'राष्ट्रका सामु उपस्थित अहम् विषयमा संविधानलाई शीरमा राखेर सबै राजनीतिक दलहरुबीच सहमति कायम हुनसक्छ।'  

प्रकाशित: Jul 26, 2022| 20:44 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।