सोमबार, जेठ ४, २०८३

टिकटक बनाउन दहमा हेलिएका युवा बेपत्ता

बेपत्ता हुनेमा सल्यान कपुरकोट ६ का ३७ वर्षीय वेदबहादुर बस्नेत छन्।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

सल्यान- सल्यानस्थित वनगाड कुपिन्डे नगरपालिका-८ बाबियाचौरस्थित कुपिन्डे दहमा पसेका युवा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सल्यान कपुरकोट ६ का ३७ वर्षीय वेदबहादुर बस्नेत छन्। 

National life

मंगलबार दिउँसो साढे १२ बजेतिर टिकटक बनाउने भन्दै कुपिन्डे दहमा गएका थिए। बस्नेत दहमा पसेर टिकटकका लागि साथीलाई भिडिओ खिच्न लगाएका थिए। केहीबेर भिडिओ खिचेपछि उनी गहिरो भागतिर गएको र फर्किन नसकेको उनीसँगै दह पुगेका उनका साथी मूलबहादुर तामाङले बताए। 

घटनास्थल पुगेका प्रहरीमध्ये कोही पनि राम्रो पौडीबाज नभएको हुँदा खोजीका लागि दहमा भने कोही पसेका छैनन्। जिल्ला प्रहरी प्रमुख खड्काले बाहिरी जिल्लाबाट गोताखोर बोलाउनका लागि पहल भइरहेको जानकारी दिए।

कुपिन्डे दहमा २०७५ सालमा पनि एक युवक बेपत्ता भएका थिए। उनी २८ दिनपछि फेला परेका थिए।

प्रकाशित: Jul 26, 2022| 19:06 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।