सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'प्र्यांक'का नाममा महिलामाथि अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ

'प्र्यांक'का नाममा महिलामाथि अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ

'बदमास केटा' नामक युट्युब च्यानल चलाउने भुसालले बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गरगहना नदिए एसिड हान्छु’भन्दै दुर्व्यवहार गरेका थिए।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं- 'प्रांक' भिडियो बनाउने भन्दै महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा युट्युबर पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासीका २६ वर्षीय प्रदीप भनिने पूर्णचन्द्र भुसाल छन्। 

National life

'बदमास केटा' नामक युट्युब च्यानल चलाउने भुसालले बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गरगहना नदिए एसिड हान्छु’भन्दै दुर्व्यवहार गरेका थिए। 

उनलाई साइबर ब्यूरोको टोलीले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिएका छन्। भुसालमाथि विद्युतीय कारोबारको कसुरमा ७ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ। 

भुसालले बनाएको भिडियो युट्युबमा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। 

प्रकाशित: Jul 26, 2022| 18:55 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।