मंगलबार, चैत ३, २०८२

त्रिविका सूचना नदिने नियन्त्रक जोशीलाई २० हजार जरिवाना

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई २० हजार जरिवाना गराइएको छ। विद्यार्थीले सूचना माग गर्दा उपलब्ध नगराएको भन्दै राष्ट्रिय सूचना आयोगले जोशीलाई जरिवाना तोकेको हो।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई २० हजार जरिवाना गराइएको छ। विद्यार्थीले सूचना माग गर्दा उपलब्ध नगराएको भन्दै राष्ट्रिय सूचना आयोगले जोशीलाई जरिवाना तोकेको हो।

National life

आयोगका आयुक्त महेन्द्रमान गुरुङका अनुसार सूचना उपलब्ध गराउनु पर्ने संवैधानिक र कानुनी दायित्व विपरीत काम गरेको भन्दै जोशीमाथि कारबाही गरिएको हो।

‘उहाँले सूचना उपलब्ध गराउनु नभएकोले कारबाही गरेका हौँ। साथै सूचना उपलब्ध गराउन पनि भनेका छौँ। विद्यार्थीले सूचना माग गर्दा दिँदिनँ भन्न मिल्दैन,’ आयुक्त गुरुङले नेपाल समयसँग भने।

रौतहट मलोहिया–५ का राजीव दासले माग गरेको सूचना जोशीले उपलब्ध गराएका थिएनन्। आयोग समक्ष पुनरावेदन प्राप्त भए पश्चात आयोगबाट विपक्षी परीक्षा नियन्त्रकका नाममा पटकपटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश हुँदा पनि सूचना उपलब्ध गराउन जोशी तयार थिएनन्। त्यसैले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम. २० हजार रुपैयाँ जरीवाना तिर्न आयोगले भनेको हो।

प्रकाशित: Jul 26, 2022| 16:24 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्