शुक्रबार, वैशाख ७, २०८१

भारतकै विरोध, उसकै अन्ध राष्ट्रवादको सिको!

अन्धसमर्थन एवं पूर्वाग्रह प्रेरित गुनासा र आक्रोशभित्र हामीले जानी नजानी भारतकै संस्कार अनि आनीबानी अनुशरण गरिरहेका छौं। यसले भारतलाई केही फरक नपारे पनि हामी स्वयं एउटा द्वन्द्वमा अल्झिरहेका छौं, जसले हाम्रो विविधताभित्र खाडल कायम गरेको छ।
 |  मंगलबार, साउन १०, २०७९

भानु बोखिम

भानु बोखिम

मंगलबार, साउन १०, २०७९

कुनै पनि निश्चित वस्तुमा केन्द्रित हुँदा त्यसबारे गहिरो ज्ञान हासिल हुन सक्छ। यो सकारात्मक पक्ष हो। तर एउटैमा केन्द्रित हुँदा अरुतिर नियाल्ने सम्भावना गुम्न पनि सक्छ। कुनै पनि वस्तुमाथि अति केन्द्रित हुनु भनेको अर्काेलाई उपेक्षा गर्नु हो। यस्तो दृष्टिकोण वा सोच आफैंमा पूर्वाग्रह वा अन्ध समर्थनसँग जोडिएको हुन्छ। 

triton college

आफूलाई कुनै एकसँग मात्र जोड्नु वा तुलना गर्नु आफैंमा दुःखको कारण हो। हामी राजनीतिक रूपले पनि यही दुःख सामना गरिरहेका छौं। लामो समयदेखिको हाम्रो पीडा र दुःख दक्षिण छिमेकी भारतसँग जोडिएको छ। भलै, हाम्रो द्वन्द्वको बिजारोपण चीनसँग पनि देखिएको छ। तर चीनको कम्युनिस्ट व्यवस्थाले हाम्रो द्वन्द्व छताछुल्ल हुन दिएको छैन। 

हामी राष्ट्रवादको चस्मा लगाएर भारतसँग दुखेसो र आक्रोश पोखिरहेका छौं। यसले समस्याको हल भने दिएको छैन। अर्काेतिर गुनासो र आक्रोशभित्र हामीले जानी नजानी भारतकै संस्कार र आनीबानी अनुशरण गरिरहेका छौं। यसले भारतलाई केही फरक परेको छैन। पर्ने वाला पनि छैन। बस्, हामी स्वयं एउटा द्वन्द्वमा अल्झिरहेका छौं, जसले हाम्रो विविधताभित्र खाडल कायम गरेको छ। 

कुनै निश्चित चीजसँग मात्र आफूलाई तुलना गर्नु आफैंमा दुःखको कारण हो । हामी सदियौंदेखि यही पीडा भोगिरहेका छौं। उदाहरणका रूपमा अमेरिकी गायक तथा गिटारिस्ट डेभ मस्टैनलाई लिन सक्छौं। डेभ मस्टैन चर्चित अमेरिकी सांगीतिक समूह मेटालिकाका एक सदस्य थिए। तर समूहमा आएको द्वन्द्वका कारण उनी त्यहाँबाट निकालिए। निकालिएपछि उनी आफंैले मेगाडेथ नामक सांगीतिक समूह गठन गरे। मेगाडेथले त्यही विधाको गीत गाए, जुन मेटालिकाले गाउँथे। मस्टैनको लक्ष्य एउटै थियो कि उनको गीति एल्बम मेटालिकाको जत्तिकै संख्यामा बिक्री होस् । मेगाडेथले हेभी  मेटल विधामा राम्रै प्रभाव छाड्न सफल भए। सबैले मेगाडेथको प्रशंसा गरे तर मस्टैन स्वयं भने दुःखी थिए। सफलताका बाबजुद मस्टैन दुःखी हुनुको कारण एउटै थियो– मेगाडेथको गीति एल्बम मेटालिकाको जत्ति बिक्री भएन । 

हामी भारतको विरोध गर्छाैं तर भारतकै जस्तो राष्ट्रवाद बोकेर हिँडेका छौं। जहाँ विवेकभन्दा बढी आक्रोश र उत्तेजना छल्किने गरेका छन्। नेपालमा चलेका विभिन्न आन्दोलन तथा व्यवस्था परिवर्तनमा भारतको कुनै न कुनै भूमिका छ। उसले भूमिका खेल्नुमा कुनै न कुनै स्वार्थ पक्कै छन्। तर त्यो स्वार्थ नेपाललाई पनि स्वीकार्य भएको अवस्थामा मात्र लागू हुन्छन्। साथै, नेपालको भारतसँग जोडिएको स्वार्थ पनि त्यो दिन पूरा हुन्छ, जुन दिन नेपाल भारतसँग बराबरी हुने हैसियत राख्छ। त्यसका लागि यो देशले सोच, व्यवहारका साथै अन्य भौतिक विकास गर्न जरुरी छ। भावनामा बहेर आक्रोश र गुनासा पोख्दैमा भारत गल्नेवाला छैन। नेपालप्रतिको भारतीय असमानता र विभेद कायमै रहन्छ। 

corrent noodles
Metro Mart
अन्धसमर्थन एवं पूर्वाग्रह प्रेरित गुनासा र आक्रोशभित्र हामीले जानी नजानी भारतकै संस्कार अनि आनीबानी अनुशरण गरिरहेका छौं। यसले भारतलाई केही फरक नपारे पनि हामी स्वयं एउटा द्वन्द्वमा अल्झिरहेका छौं, जसले हाम्रो विविधताभित्र खाडल कायम गरेको छ।

भारत र नेपाल दुवैतिरका नागरिकको साझा समस्या भनेको राष्ट्रवादको भ्रम हो। अनि दुवैतिरको नेताको साझा गुण भनेको राष्ट्रवादको अभिनय हो। भारतले आफूभन्दा सबल तथा आफू बराबरीका राष्ट्रसँग वर्षौंदेखिको विवाद समाधान गर्न सकेको छैन। त्यस्तै समस्या नेपालको भारतसँग पनि छ। दुवैतिर भूमिका खेल्ने काम एउटै तत्त्वले गरेको छ– खोक्रो राष्ट्रवाद। 

भारत ब्रिटिस साम्राज्यबाट मुक्त भएपछि चीन र पाकिस्तानसँग सीमा विवादमा फसेको छ। यी समस्या हल नहुनुमा भारत स्वतन्त्र भएपछि अधिकांश नेतामा देखिएको राष्ट्रवादको नशाले भूमिका खेलेको छ। यी विवादका कारण ठूला लडाइँ भएका छन्। सीमामा सामान्य झडप चलिरहेको छ। यी विवाद तथा झडपका घटना भारतको राजनीतिक दललाई राष्ट्रवादको भजन गाउने अवसर हो। राष्ट्रवादको भजन नागरिकमाझ लोकप्रिय हुने अवसर पनि हो। यस्तो मनोविज्ञान नेपाली नेताहरूमा पनि छ। हालै भारत भ्रमणबाट फर्केर आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस्तै पासो फ्याँक्न भ्याएका छन्, १९५० को सन्धिको कुरा उठाएर। सात दशकभन्दा लामो समस्या एउटा राजनीतिक भ्रमणमा कुरा उठाउँदैमा हल हुन्न। अर्काेतिर यस्तो विवाद अनन्तकालसम्म चलिरहन्छ। यद्यपि यो कुरा उठाउनुको अर्थ यत्ति हो कि अब निर्वाचन नजिकिँदो छ। 

राजनीतिक दलले तयार पारेको भाष्यअनुरूप नागरिकको मनोविज्ञान तयार हुन्छ। राजनीतिक दलले तयार पारेको राजनीतिक दलको भाष्यअनुसारको मनोविज्ञान नागरिकमा पनि छ। आफूलाई प्रगतिशील ठान्ने राजनीतिक दलमा धेरै हदसम्म भारत विस्तारवादी हो। पछिल्लो समय नेपाली कांग्रेसले चीनले सीमा मिचेको कुरा उठाउन थालेको छ। यो देशको ठूलो तप्का भने अझै पनि भारतबाटै देशलाई खतरा देख्छ। यो देशमा उठ्ने मुद्दा वा बन्ने नीतिमा भारतविरोधी राष्ट्रवाद छल्किँदै आएको छ।

भारत र नेपाल दुवैतिरका नागरिकको साझा समस्या भनेको राष्ट्रवादको भ्रम हो। अनि दुवैतिरको नेताको साझा गुण भनेको राष्ट्रवादको अभिनय हो।

भर्खरै संसद्ले पास गरेको नागरिकता विधेयकको विरोध हुनुमा पनि यस्तै राष्ट्रवादले काम गरेको छ। धेरैमा विवाह गरेर आएका महिलालाई तत्कालै नागरिकता दिनुहुन्न भन्ने सोच हावी छ। नागरिकता अति आवश्यक डकुमेन्ट हो। कतिपय अवस्थामा यसको अभावमा सामान्य तालिम लिन पनि पाइँदैन। त्यसैले कसैलाई नागरिकताबाट वञ्चित गर्नु भनेको उसको वृत्ति विकास र मानव अधिकार हनन गर्नु हो। नागरिकलाई समृद्ध नबनाई राष्ट्र वा देश बलियो हुन्छ? आफू बलियो नभई राष्ट्रवादको भजन मात्र गायौं भने उन्नति हुँदैन। हामी गुनासा गरिरहन्छौं तर समस्या जहीँको तहीँ रहिरहन्छन्। 

विवाह तथा बसाइँसराइ निजात्मक कुरा हुन्। आत्मीयता र आर्थिक अवसरले प्रभाव पार्ने कुरा हुन्, विवाह र बसाइँसराइ। यसमा कुनै देशले षड्यन्त्र गर्छ भनेर सोच्नु राष्ट्रवादको भ्रमले सिर्जिएका आवेग र उत्तेजना मात्र हुन्। अहिलेको भूमण्डलीकरण्को समयमा विवाह गरेर आएकाले हस्तक्षेप गर्छ भनेर सोच्नु आफैंमा संकीर्ण सोच हो। यो सोच कूटनीतिक पहल गर्नुपर्ने विषयलाई राजनीतिक लाभहानिका निम्ति स्टन्ट बनाएझैं निकृष्ट छ। कुनै पनि देशसँगको सम्बन्ध स्थिर विदेश नीतिको आधारमा तय हुनुपर्छ। अन्तरदेशीय विवाद तथा समस्याको हल कूटनीतिक पहलबाट खोज्ने हो। एक नेता–विशेषको बोलीले तय गर्ने होइन। हाम्रा नीतिहरूले हामीबीच विद्यमान समस्याको हल खोज्नुपर्ने हो, छिमेकी देशसँगको पूर्वाग्राहसँग होइन। 

कुनै पनि देशले अर्काे देशमाथि दबदबा राख्न खोज्छ। भारतले हामीमाथि दबदबा राख्दै आएको छ। दबदबाको हल उत्तेजना र आक्रोश पोखेर मात्र हुँदैन। गाली र आक्रोशको जगमा निर्मित राष्ट्रवाद देश र जनताको हित गर्ने योजनामा बदलिनुपर्छ। अन्यथा सन्धिका कुरा उठ्दै गर्छन्। विधेयकको विरोध चलिरहन्छ तर समस्याको चाङ घट्दैन।

प्रकाशित: Jul 26, 2022| 19:57 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...