मंगलबार, चैत ३, २०८२

सांसदहरूलाई अनिवार्य मास्क लगाउन सभामुखको आग्रह

कोरोना संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सभामुख सापकोटाले सांसदहरूलाई आग्रह गरेका हुन्।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– सभामुख अग्नि सापकोटाले संसद् बैठकमा सांसदहरूलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा कोरोना संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सभामुख सापकोटाले सांसदहरूलाई आग्रह गरेका हुन्।

सभामुख सापकोटाले भने, ‘कोभिड–१९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरूलाई विदितै छ । तसर्थ संसद्का बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन आग्रह गर्छु।’ नेपालमा सोमबार मात्रै ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित: Jul 26, 2022| 14:11 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्