काठमाडौं-सञ्चालनमा आएको तीन दिन नबित्दै कलंकी अन्डरपास बुधबारबाट बन्द भएको छ ।
केही प्राविधिक काम अझै बाँकी रहेकाले अन्डर पास केही दिनका लागि बन्द गरिएको चक्रपथ सुधार आयोजनाले जनाएको छ । कालोपत्रे फिनिसिङ, पेन्टिङलगायत कामहरू बाँकी रहेको आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीले जानकारी दिए ।
प्रविधिक काम सकिनेबितिकै अन्डरपास पुनः सञ्चालनमा आउने उनले बताए । उनका अनुसार अबको करिब एक सातापछि बाटो पुनः सञ्चालनमा आउनेछ ।
ट्राफिक प्रहरीका अनुसार हिजो अस्ति ५/१० मिनट पर्खेर कलंकी कट्ने सवारी साधनले बुधबारदेखि २०/२५ मिनट पर्खनुपर्नेभएको छ । चीन सरकारको सहयोगमा निर्माण भएको अन्डरपास १ साउनदेखि नै सञ्चालन गर्ने भनिए पनि १ भदौदेखि मात्रै सञ्चालनमा आएको थियो।
नेपालकै पहिलो अन्डरपास सुरुङको लम्बाइ आठ सय मिटर छ । चक्रपथ विस्तारसहित सम्पूर्ण परियोजनाको कुल लागत पाँच अर्ब रुपैयाँ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४