बिहीबार, असार ३२, २०८३

सरकारले दिएको बिदा कर्मचारीले लिएनन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरीः प्रदेश १ सरकारले गत श्रावण २४ गते विश्व आदिवासी दिवसको दिन दिएको बिदाजस्तै बुधबार बकर इदमा दिइएको प्रदेश बिदा पनि कर्मचारीहरुले मोनन । इटहरीमा क्षेत्रिय कार्यालय रहेको प्रदेश १ को अख्तियार कार्यालय आज खुल्लै रह्यो । 

कार्यालयका प्रहरी निरिक्षक राजन कार्कीका अनुसार आज कार्यालयमा बिदा छैन । धरानमा रहेको नेपाल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी कार्यालयमा आज बिदा छैन । कार्यालय प्रमुख राजीव कुमार झाका अनुसार कुनै जानकारी नआएकाले बिदा नभएको बताए । 

  यस्तै, इटहरीको तरहरामा रहेको क्षेत्रीय कृषि अनुसन्धान कार्यालयले पनि बिदा मानेको छैन ।  कार्यालयका बालि बैज्ञानिक सन्तोष त्रिपाठिका अनुसार आज कार्यालय बिदा भएर । ‘बिदाको हल्ला गरेपछि हामीले सिडियो कार्यालयमा फोन गरेर बुझ्यौँ त्यहाँबाट संघिय सरकारका कार्यालयमा प्रदेश बिदा हुँदैन भन्ने जानकारी आयो’, वैज्ञानिक त्रिपाठिले भने, ‘त्यसैले आज कार्यालयमा बिदा भएन ।’ 

सुनसरी जिल्ला प्रशाशन कार्यालय पनि आज बिदा भएन । कार्यालयमा अरुबेला जसरी नै आजपनि कामहरु भएको कार्यालयका एक कर्मचारीले बताए । सिडियो कार्यालय सँगै अख्तियार र कृषि कार्यालयहरु जस्तै निजि तथा सरकारी बैंकहरुले पनि आज बिदामा छैनन । इटहरीका निजी तथा सरकारी बैंकका व्यवस्थापकहरुका अनुसार राष्ट्र बैंकले बिदाको बारेमा कुनै जानकारी नदिएकाले बिदा नमानिएको बताउँछन ।

बिदा मनाउने अदालत र स्थानीय निकाय

पहिलो प्रदेश विदा नमानेका अदालतले भने आजको बिदा भने मानेका छन । सुनसरी जिल्ला अदालत  आज बिदा भएको अदालतका नासु कुमार रिजालले बताए । इटहरीका रहेको कोशी अन्चलको यातायात व्यवस्था कार्यालय विदा भएको छ । अरुबेला, बिदा मानेका स्थानिय तह, निजी तथा सार्वजनिक विद्यालय अनि शैक्षिक संस्थाहरुले आजपनि बिदा माने । 

कर्मचारीले आफैंले बुझ्नुपर्ने हो : गृहमन्त्री

यसरी केहि कार्यालयहरु संघिय कार्यालय भन्दै बिदा नभएका र कहि भने संघीय कार्यालय भएपनि बिदा भएकोमा प्रदेश १ का गृहमन्त्री हिक्मत कार्कीले बिदामा अलमल देखिएको बताए ।

इस्लाम धर्मको महान पर्वमा प्रदेश सरकारले बिदा दिएकोमा नमान्नु मुद्दामामिलाको विषय नभएर आफै बुझ्नुपर्ने बताए । उनले भने, ‘पहिले बिदा नमानेका सरकारी कार्यालयहरुले क्रमशः बिदा मानेको खबर छ । प्रदेश सरकार नयाँ भएकाले अलमल भएको होला । क्रमशः सुधार हुन्छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।