शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • व्यवसाय धान्न सानो क्षमताका दुईपांग्रेमा 'अफर'को प्रतिस्पर्धा

व्यवसाय धान्न सानो क्षमताका दुईपांग्रेमा 'अफर'को प्रतिस्पर्धा

दुईपांग्रे सवारी बिक्रेताहरू डाउन-पेमेन्ट, मासिक किस्ता (ईएमआई) तथा फाइनान्सिङलगायतका सुविधा दिएर ग्राहक तान्ने होडमा छन्।
 |  मंगलबार, साउन १०, २०७९

भीमा पन्थी

भीमा पन्थी

मंगलबार, साउन १०, २०७९

काठमाडौं- चारपांग्रे सवारी साधनको आयात प्रतिबन्ध लम्बिएसँगै अटो व्यवसायीहरू दुईपांग्रे सवारी साधनको बजार विस्तार गर्न आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन्। दुईपांग्रेका बिक्रेताहरू विभिन्न  ‘अफर’ ल्याएर बिक्री योजनामा आक्रामक देखिएका हुन्। 

triton college

चारपांग्रेको व्यापार पनि दुईपांग्रेबाट नै कभर गर्नुपर्ने भएकाले यस वर्ष आर्थिक वर्षको सुरुदेखि नै दुईपांग्रे सवारी बिक्रेतालाई 'दशैं अफर' ल्याएका हुन्। दुईपांग्रे सवारी बिक्रेताहरू डाउन-पेमेन्ट, मासिक किस्ता (ईएमआई) तथा फाइनान्सिङलगायतका सुविधा दिएर ग्राहक तान्ने होडमा छन्। नेपाली बजारमा पुराना तथा स्थापित ब्रान्डले समेत अफर सार्वजनिक गर्ने क्रम तीव्र छ। यस्तो अफर १९० सीसीभन्दा कम इन्जिन क्षमताका दुईपांग्रेसमा मात्र दिइएको छ। यद्यपि सरकारले १५० सीसीभन्दा बढी इन्जिन क्षमताका दुईपांग्रेको आयात प्रतिबन्ध लगाएको छ। 

अघिल्ला वर्षमा कम्पनीले शून्य प्रतिशत डाउनपेमेन्टदेखि शून्य प्रतिशत ब्याजदरका समेत अफर सार्वजनिक गरेका थिए। कोभिडले आम्दानीबाट बञ्चित ग्राहकले किस्ता तिर्ने क्षमतासम्म कमजोर भएको भन्दै अफर सार्वजनिक गरेका थिए। यद्यपि सामान्य आम्दानी भएकाहरुले बैंक तथा फाइनान्सबाट कर्जा लिएर पनि सवारी साधन खरिद गर्न सक्थे। 

‘पहिला सजिलै कर्जा पाउने अवस्था थियो। आम्दानीबाट किस्ता तिर्न सकिने अवस्था थियो,’ उनले भने, ‘अहिले आफैँले फाइनान्सको व्यवस्था गर्दा पनि व्यावसाय विगतका वर्षमा सामान्य अवस्थामा चल्ने जस्तो छैन।’

पछिल्लो एक वर्षदेखि भने बजारले तरलता अभाव झेलिरहेको छ। बैंक तथा वित्तीय संस्थाबाट कर्जा ल्याउन मुस्किल हुन थाल्यो। यमाहाका लागि आधिकारिक बिक्रेता कम्पनीका सीईओ राजु क्षेत्रीले तरलता अभावको कारण अफरमा थप सुविधा दिन बाध्य भएको बताए। ‘पहिला सजिलै कर्जा पाउने अवस्था थियो। आम्दानीबाट किस्ता तिर्न सकिने अवस्था थियो,’ उनले भने, ‘अहिले आफैँले फाइनान्सको व्यवस्था गर्दा पनि व्यावसाय विगतका वर्षमा सामान्य अवस्थामा चल्ने जस्तो छैन।’

विगतमा किस्ताबन्दी तथा कर्जाको व्यवस्था भएपनि अहिलेजस्तो खुकुलो भने नभएको उनको भनाइ छ। एकातर्फ शतप्रतिशत मार्जिनमा सवारी ल्याउनुपर्ने र अर्कोतर्फ आफैं फाइनान्स उपलब्ध गराई किस्ताबन्दी पनि लामो समयको लागि दिनु पर्ने बाध्यता छ। 

corrent noodles
Metro Mart

यतिबेला बिक्रेताहरू सञ्चित (स्टक) दुईपांग्रे कटाउने जोडबलमा छन्। कतिपय व्यापार बचाउनकै लागि भएपनि अफर सार्वजनिक गर्न बाध्य छन्। कोभिडमा बन्द भएका गाडी बिक्रीकेन्द्रका सटर खुलेको केही समयमा नै तरलता अभाव हुँदा अफर तथा सहुलियतको व्यवस्था गर्नैपर्ने भएको नाडा अटोमोबाइल्स एसोसियसनका अध्यक्ष ध्रुव थापाले बताए। व्यवसाय बचाउनकै लागि भएपनि अहिले कम नाफा भएपनि जोखिम लिएरै भएपनि सवारी बिक्री गर्नु परेको उनको भनाइ छ।

‘व्यापार कम भएपछि स्टकमा भएका सामग्री बिक्री गर्नुपर्‍यो,’ उनले भने, ‘कतिले केही नयाँ पनि ल्याउनु भएको छ। कतिपयले पहिलेकै स्टक कटाउन अफर र सहुलियतको भर पर्नुपरेको छ।’

कोभिडले थलिएका अटो व्यावसायीले जोखिम मोलेर अगाडि बढेको अवस्थामा सरकारले आयात प्रतिबन्ध गरिदिँदा थप मार परेको अध्यक्ष थापाको गुनासो छ। सरकारले ठूला सवारीको आयातमा भाका सार्दै 'अनिश्चितकालीन' प्रतिबन्ध लम्ब्याउँदा थप मर्का परेको उनको भनाइ छ। उनका अनुसार १५० सीसीमाथिका सवारीमा आयात प्रतिबन्ध लगाएपछि व्यावसाय धान्न सास्ती छ। 

‘व्यापार कम भएपछि स्टकमा भएका सामग्री बिक्री गर्नुपर्‍यो,’ उनले भने, ‘कतिले केही नयाँ पनि ल्याउनु भएको छ। कतिपयले पहिलेकै स्टक कटाउन अफर र सहुलियतको भर पर्नुपरेको छ।’

‘कम सीसीका सवारी उपत्यका र तराईको लागि हो,’ उनले भने, ‘भूगोल अनुसार आवश्यकता र बजारको माग नै १५० सीसीमाथिका मोटरसाइकलको हुने गरेको थियो। व्यापार बचाउनै भएपनि केही स्टक र केही कम सीसीका गाडीलाई प्रोत्साहन गर्नुपरेको छ।’

होन्डा
नेपालका लागि होन्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले १९० सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा ‘इजी फाइनान्स’ को व्यवस्था गरेको छ। कम्पनीले कम्तीमा ४० प्रतिशत डाउन पेमेन्टमा फाइनान्स सुविधाका साथै १ वर्ष, १८ महिना र २ वर्षको लागि मासिक किस्ता (ईएमआई)को रुपमा भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ।

कम्पनीले वैशाखमै ‘होन्डा छ साथसाथ’ अफर ल्याएको थियो। अफरअन्तर्गत प्रत्येक होन्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन मार्फत १ लाखसम्मको क्यासब्याक प्राप्त गर्न सकिने व्यवस्था थियो।

हिरो
हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले ‘सजिलै हिरो’ ट्यागलाइनसहितको अफर ल्याइसकेको छ। ग्राहकले फाइनान्स सुविधामा बाइक खरिद गर्दा ९ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ। 

अफरमा ग्राहकले ४० प्रतिशत डाउन पेमेन्ट गरेर नयाँ दुईपांग्रे खरिद गर्दा बाँकी ६० प्रतिशतलाई फाइनान्स सुविधाका रूपमा उपभोग गर्न पाउनेछन्। उक्त रकमलाई शुरुमा १३ प्रतिशत ब्याजदरका दरले मासिक किस्ता तिर्नुपर्ने हुन्छ। समयमै किस्ता तिरेमा अन्तिममा कम्पनीले ब्याजवापत ४ प्रतिशत रकम फिर्ता दिने बताएको छ। 

यमाहा
यमाहाले पनि किस्तामा विकल्प दिएर अफर सार्वजनिक गरेको छ। नयाँ वर्षमा मेला नै आयोजना गरेर विभिन्न अफर सार्वजनिक गरेको यमाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमडब्लु इन्टरप्राइजेजले सरल किस्ताबन्दीको अफर अहिले कायम राखेको छ। ग्राहकले ४० प्रतिशत डाउन पेमेन्टमा आम्दानीअनुसार १८ महिना, २४ महिना र ३० महिनामा किस्ता तिर्न सक्ने छन्।

बजाज
बजाजले मोटरसाइकलमा २५ देखि ३५ प्रतिशतसम्म डाउन पेमेन्ट र किस्ताको सुविधा गरेको छ। २४ महिनासम्मको किस्ताबन्दीमा सुविधा ल्याइएको छ। ३५ प्रतिशतभन्दा बढी डाउनपेमेन्ट गर्ने ग्राहकको लागि भने कम्पनीली किस्ताबन्दीको रकममा न्यून ब्याजदर राखेको उल्लेख गरेको छ। 

प्रकाशित: Jul 26, 2022| 17:03 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्