बिहीबार, असार ३२, २०८३

सप्तकोशीमा जेटबोट बन्द, इटहरीमा मोटरबोट शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- प्रदेश-१ को सप्तकोशी नदीमा व्यावसायिक रूपमा सञ्चालित जेटबोट हाल बाढीका कारण बन्द छ । बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले सञ्चालन गरेको जेटबोटको अवस्था हेरेर १५ भदौपछि सञ्चालन हुने कम्पनीका प्रबन्ध निर्देशक विमलमान श्रेष्ठ बताउँछन् । 

सप्तकोशीको जेटबोट बन्द भएको मेसोमा इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा व्यावसायिक मोटरबोट सञ्चालनमा आएको छ । इटहरी-२ र ३ मा फैलिएको जलाधार क्षेत्र तालतलैयामा गत शनिबारदेखि सञ्चालनमा आएको मोटरबोट १० सिट क्षमताको छ । व्यवस्थापन समितिका अनुसार मोटरबोटले पाँच मिनटसम्म तालतलैयाको फन्को लगाउँछ ।

न्यूनतम चार फिट गहिरो पानीमा कुद्ने मोटरबोट तालतलैयाका लागि उपयुक्त रहेको चालक धनबहादुर पाण्डेले बताए ।

प्रदेश-१ का जलपारखीहरू सप्तकोशी नदीमा जेटबोटमा रम्दै आएका थिए । जेटबोटमा यात्रा एक रुटको दुईतर्फी भाडा १५ सय रुपैयाँसम्म पर्छ । तालतलैयामा एक फन्को मार्ने मोटरबोटका लागि एक सय रुपैयाँ तिरे पुग्छ । 



बाढीका बेला सप्तकोशीको जेटबोट बन्द हुन्छ । तालतलैयामा भने बाह्रमास चलाउन सकिने समितिको भनाइ छ । नेपालमा जलमार्गका सवारी चालकहरूको अभाव छ । सप्तकोशीमा जेटबोट चलाउने चालक पनि दुई जना मात्रै छन् । इटहरीमा भने मोटरबोट चलाउन चार जना चालकको ‘ब्याकअप’ राखिएको छ । 

व्यवस्थापन समिति अध्यक्ष वीरबहादुर लिम्बूका अनुसार कुनै एक चालक काम विशेषले अनुपस्थित हुँदा अभाव नहोस् भनेर चार जना राखिएको हो ।

उद्घाटनको दिन शनिबार ७० जनाले मोटरबोट चढेका थिए । आइतबार पनि ३० जना आएका थिए । इटहरी र धरानका आगन्तुक बढी रहेको समितिको भनाइ छ ।

तालतलैयामा मोटरबोट सञ्चालनसँगै वडाको पर्यटकीय आम्दानी बढ्ने इटहरी-२ का वडाध्यक्ष हर्क मगर बताउँछन् । ताललैया व्यवस्थापन समितिका अनुसार हरेर वर्ष वनभोज र घुमघामका लागि आन्तरिक र बाह्य पर्यटकहरू करिब पाँच लाख जना हुन्छन् । मोटरबोटका कारण पर्यटक संख्या बढ्ने समितिको आकलन छ । समिति अध्यक्ष लिम्बु भन्छन्, ‘नयाँ पर्यटकीय प्रोडक्ट थपिएकाले आगन्तुक संख्या धेरै बढ्नेमा ढुक्क छौं ।’ 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।