सोमबार, जेठ ४, २०८३

पर्वतमा मलामी बोकेको जिप दुर्घटना, पाँच जना घाइते

पर्वतमा मलामी बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सदरमुकाम कुश्मा बजारमा सोमबार बिहान भएको जिप दुर्घटनामा परी पाँच जना घाइते भएका हुन्।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

पर्वत- पर्वतमा मलामी बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सदरमुकाम कुश्मा बजारमा सोमबार बिहान भएको जिप दुर्घटनामा परी पाँच जना घाइते भएका हुन्।

National life

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार कुश्मा नगरपालिका-५ बडागाउँमा रहेको सशस्त्र प्रहरी बलको गण नजिकैको सडकमा करिब सवा ११ बजे ग१ज ७८५१ नम्बरको जिप दुर्घटनामा परेको हो।

जिल्लाको मोदी गाउँपालिका–५ बाजुङबाट मलामी बोकेर मोदीबेणी घाटतर्फ जाँदै गरेको जिप सडकबाट नालीमा धसारिएको प्रहरीको भनाइ छ।

दुर्घटनामा परी मोदी गाउँपालिका–५ बाजुङका ३९ वर्षीय झलकराज पौडेल, ४० वर्षीय दलबहादुर मल्ल, ५८ वर्षीय  सरिता ठकुरी, ७६ वर्षीय रामबहादुर माझी र ४६ वर्षीय मीना मल्ल घाइते भएका छन्।

दुर्घटना लगत्तै उद्धार गरिएका उनीहरूको पर्वत अस्पतालमा उपचार भइरहेको छ। चालक ४० वर्षीय ओमसेन ठकुरीसहितका तीन जना भने सकुशल रहेका छन्।

प्रकाशित: Jul 25, 2022| 13:09 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।