सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सल्लाघारी दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत

सल्लाघारी दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत

भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडक छेउको सल्लाको रूख ढलेर बस र स्कुटर किच्दा मृत्यु भएका तीन जनाको सनाखत भएको छ।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

भक्तपुर- भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडक छेउको सल्लाको रूख ढलेर बस र स्कुटर किच्दा मृत्यु भएका तीन जनाको सनाखत भएको छ।

National life

आइतबार दिउँसो काठमाडौंबाट यात्रु बोकेर दूधपाटी हुँदै कमलविनायक जाँदै गरेको बा२ख ३५८४ नम्बरको बस र दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई ढलेको रूखले किच्दा बसमा सवार दुई तथा स्कुटरमा सवार एक जनाको ज्यान गएको थियो।

मृत्यु हुनेमा बसमा सवार भक्तपुर नगरपालिका-२ व्यासीका २५ वर्षीय विशेष खर्बुजा, चाँगुनारायण नगरपालिका-२ का ५५ वर्षीय न्हुच्छेराम बखाद्यो र स्कुटरमा सवार सर्लाहीको हरिवन नगरपालिका-४ का ४५ वर्षीय राजकुमार भुजेल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

दुर्घटनामा घाइते हुनेमा भक्तपुर-१० कमलविनायकका १९ वर्षीय रितिक वासुकला, चानपा–४ चाँगुका १८ वर्षीया निशा लिगल, काठमाडौं-१०, बुद्धनगरका ६८ वर्षीय पदमप्रसाद योजु रहेका छन्। यस्तै रामेछापको दोरम्बा गापा–७ घर भई हाल सूर्यविनायक नपा–८ सिपाडोल बस्ने बस चालक २२ वर्षीय हुमबहादुर मगर, सर्लाही घर भई हाल सूर्यविनायक बस्ने १६ वर्षीय आकाश वाइवा र भक्तपुर नपा–७ का १८ वर्षीय सिम्रन घाइते भएका छन्।

उनीहरूको इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको छ। त्यसैगरी उदयपुरको लिचुङ्गु गापा–१ भई हाल  काठमाडौंको स्वयम्भु बस्ने ४१ वर्षीय नीलबहादुर राई, पर्वतको जलजला गापा–७ घर भई हाल  काठमाडौंको शङ्खमूल बस्ने १९ वर्षीय समीर आचार्य, पाँचथरको याङ्गवरक गापा–३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने १२ वर्षीया समृद्धि लिम्बू घाइते भएका छन्।

यस्तै घाइते हुनेमा पाँचथरको याङ्गवरक गापा–३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने १८ वर्षीया अप्सरा लिम्बू, पर्वतको फलेवास नपा–२ घर भई हाल  काठमाडौँ वानेश्वर बस्ने १९ वर्षीय सागर शर्मा र भक्तपुर–८ जेलाकी ४८ वर्षीया लक्ष्मी दुवाल रहेका छन्। उनीहरूको भक्तपुर इन्टरनेशनल अस्पताल कौशल्टारमा उपचार भइरहेको छ।

प्रकाशित: Jul 25, 2022| 07:30 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।