सोमबार, जेठ ४, २०८३

दैलेखमा चट्याङ लागेर १५ जना घाइते

द‌ैलेखमा चट्याङ लागेर १५ जना घाइते भएका छन्। आइतबार बेलुका डुंगेश्वर गाउँपालिका-२ सेर्माकोटस्थित रमेश सिंहको घरमा चट्याङ लागेको थियो।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं- द‌ैलेखमा चट्याङ लागेर १५ जना घाइते भएका छन्। आइतबार बेलुका डुंगेश्वर गाउँपालिका-२ सेर्माकोटस्थित रमेश सिंहको घरमा चट्याङ लागेको थियो।

National life

घरमा खाजा खाने क्रममा बारीमा कोदो गोड्न सहयोग गर्न गएकाहरू घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल, दैलेख लगिएको छ। चट्याङबाट गाउँका चार वटा घरमा क्षति पुगेको छ भने एक गाई र एक खसी मरेका छन्। घाइतेमध्ये पाँच जना गम्भीर भएको र अरू सामान्य भएको प्रहरीले जनाएको छ।

दैलेख डुंगेश्वर गाउँपालिका-२ का ३५ वर्षीय इन्द्र सिंह, ६० वर्षीया शुशीला खड्का, ४० वर्षीया चन्द्रा सिंह, २८ वर्षीया चन्द्रा सिंह र १६ वर्षीया पूजा खड्का गम्भीर घाइते भएका छन्।

सोही ठाउँका ३६ वर्षीया सिता खड्का, २२ वर्षीया मिना खड्का, २२ वर्षीया दिलकुमारी खड्का, २० वर्षीया बिना वली, ४५ वर्षीया नर्मा खड्का, ११ वर्षीया दुर्गा खड्का, १० वर्षीया सन्ध्या खड्का, २१ वर्षीया सिता सिंह, १६ वर्षीया बसन्ती सिंह र ४३ वर्षीय सम्मान गाहा सामान्य घाइते भएका हुन्।

प्रकाशित: Jul 25, 2022| 06:19 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।