सिरहा- सिरहामा सर्पले डसेका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ जमदहका ६ वर्षीय अनिल सदा रहेका छन्।
घरमै साथीहरुसँग लुकामारी खेल्ने क्रममा केराबारीमा लुक्न गएका बेला सदालाई विषालु सर्पले डसेको थियो। चोहर्वास्थित जयकाली सर्पदंश केन्द्रमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।