बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • क्यालिफोर्नियामा डढेलो फैलिएपछि आपत्काल, ३ हजार जनालाई सारियो

क्यालिफोर्नियामा डढेलो फैलिएपछि आपत्काल, ३ हजार जनालाई सारियो

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपत्काल घोषणा गरिएको छ।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

क्यालिफोर्निया- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपत्काल घोषणा गरिएको छ।

शुक्रबारबाट व्यापक रूपमा फैलिन सुरु भएको डढेलो २४ घण्टा बितिसक्दासमेत नियन्त्रणमा आउन सकेको छैन। 'व्यापक रूपमा फैलिइरहेको डढेलो अग्नि नियन्त्रकहरूका लागि पनि चुनौतीपूर्ण हुन्छ,' क्यालिफोर्नियाको वारुण विभागले भनेको छ।

डढेलोपछि तीन हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने करिब एक दर्जन घरहरू पूर्णरूपमा जलेका छन्।

डढेलो ११ हजार ९ सय एकडमा फैलिएको र यो अहिले संयुक्त राज्य अमेरिकाकै सबैभन्दा ठूलो डढेलो रहेको बताइएको छ।

डढेलो प्रभावित क्यालिफोर्नियाको मारिपोसा काउन्टीमा आपत्काल घोषणा गरिएको छ।

kumari

प्रकाशित: Jul 24, 2022| 21:50 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।