पाल्पा- पाल्पा जिल्ला रिब्दिकोट गाउँपालिका-३, लघुवा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। आइतबार अपराह्न ४ बजेतिर बुर्तिबाङबाट बुटवल जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस दुर्घटनामा परी १७ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेको उपचार युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको जानकारी दिएको छ। मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेको पाल्पाका एसपी जनकबहादुर शाहीले जानकारी दिए।
दुर्घटनामा बाग्लुङ, गुल्मी र रुपन्देहीका यात्रु परेको बताइएको छ। दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्न बाँकी छ।