बिहीबार, असार ३२, २०८३

भेनेजुएलामा सात म्याग्निच्युटको भूकम्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काराकास- भेनेजुएलामा सात म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार ट्रिनियाड एन्ड टोबागोको नजिक तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । 

भूकम्पका कारण मानिसहरुबीच भागदौड मच्चिएको थियो भने थुप्रै घरहरु भत्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मानवीय क्षति र भौतिक क्षतिको विवरण भने खुलाईको छैन् ।

तर, भेनेजुएलाका अधिकांश घर खाली गराइएको र मानिसहरुलाई खुला ठाउँमा राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । गृहमन्त्री नेस्टर रेवेरोलले भूकम्पको झड्का देशभर महसुस गरिएको बताएका छन्। भूकम्पका झड्का भेनेजुएलाको राजधानी काराकासमा समेत महसुस गरिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।