मंगलबार, चैत ३, २०८२

कोभिडका कारण चीन जान नपाएका विद्यार्थीले दुई वर्ष नेपालमै पढ्न पाउने

चीनमा अध्ययनरत भएपनि कोभिडका कारण चीन जना नपाएका विद्यार्थीले नेपालमा नै २ वर्षसम्म अध्ययन गर्न पाउने भएका छन्।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं- चीनमा अध्ययनरत भएपनि कोभिडका कारण चीन जना नपाएका विद्यार्थीले नेपालमा नै २ वर्षसम्म अध्ययन गर्न पाउने भएका छन्। नेपाल मेडिकल काउन्सिलले अध्ययन पूरा नभई नेपाल आएका १५० जना एमबीबीएस विद्यार्थीका लागि नेपालमा नै थप २ वर्ष अध्ययन गर्न पाउने निर्णय गरेको हो। 

National life

सन् २०१६ ब्याचका चीनमा विभिन्न मेडिकल कलेजमा भर्ना भएका विद्यार्थी कोभिड महामारी भएसँगै नेपाल फर्किएका थिए। चीनमा अध्ययन छोडेर फर्किएका विद्यार्थी पुनः चीन जान नसक्ने भएपछि सरकारले नेपालमै बाँकी समय अध्ययन गराउन दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सहमतिमा थप समय नेपालमै अध्ययन तथा इन्टर्नसिप गराउने स्वीकृति दिनका लागि मेडिकल काउन्सिलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको थियो। मन्त्रालयको स्वीकृतिपछि यो निर्णय कार्यान्वयनमा जाने काउन्सिलको भनाइ छ। 

काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार कोभिड–१९ का कारण चीनबाट बीचैमा अध्ययन छोडेर नेपाल आएका १ सय ५० विद्यार्थीलाई नेपाल आएपछि चीन सरकारले कुनै पनि विद्यार्थीलाई पुनः अध्ययनका लागि फिर्ता हुन दिएको थिएन। 

सरकारले सन् २०१४, १०१५ मा चीन गएका विद्यार्थीहरुको पनि नेपालमै इन्टर्नसीप गर्ने व्यवस्था गरेको थियो। काउन्सिलका रजिष्टार अधिकारीका अनुसार अब उप्रान्त कोभिडसँग सम्बन्धित रहेर विदेशमा अध्ययन गरेका विद्यार्थीको नेपालमा अध्यायन अध्यापन हुने विषयको सम्बोधन हुने छैन। 

काउन्सिलले गरेका निर्णयहरु :

Laxmi sunrise bank
kumari

१) प्रयोगात्मक अभ्यास १ वर्ष तथा एक वर्ष इन्टर्नसीप गरी जम्मा दुई वर्षको चिकित्कीय अभ्यास तथा तलिमको व्यवस्था गर्ने ।

२) १ वर्षे अनिवार्य इन्टर्नसीप 'National guidelines for medical internship training 2007' अनुसार वा विश्वविद्यालयले तोके बमोजिम पुरा गर्नुपर्ने । इन्टर्नसीप भन्दा पहिलेको १ बर्षे अध्ययनको हकमा ४ वटा प्रमुख विषयहरू मेडिसिन, सर्जरी, गाइनेअब्स र पिडियाट्रिक्स समावेश गर्नुपर्ने ।

३) चीनमा अध्ययनरत चिकित्सा शिक्षाका बिद्यार्थीहरुको अध्ययन अवधि र प्रमाणपत्र प्राप्त गर्ने समायवधि बारे कुनै द्विविधा भए नेपाल मेडिकल काउन्सिल वा सम्बन्धित कलेजमा सम्पर्क गरी यथार्थ विवरण बुझेर निजहरूको अपुग अध्ययन अवधि एकिन गरेरमात्र अध्ययन सुरू गर्ने।

४) अब उप्रान्त कोभिडसंग सम्बन्धित रहेर विदेशमा अध्ययन गरेका विद्यार्थीको नेपालमा अध्ययन अध्यापन गर्ने विषयको सम्बोधन नहुने।

प्रकाशित: Jul 24, 2022| 16:33 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्