धनगढी- कैलाली प्रहरीले साढे ५ किलो प्रतिबन्धित लागुऔषध खैरो हेरोइन बरामद गरेको छ। प्रहरीले उक्त परिणामको खैरो हेरोइनससहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिल्लाको भजनी नगरपालिका वडा नम्बर ३ का २३ वर्षीय बुटा सिंह, टीकापुर नगरपालिका वडा नम्बर ३ का ३१ वर्षीय जीवन शाह र वडा नम्बर ६ का २१ वर्षीय अमित रावल रहेका छन्।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय भजनीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।