सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतको ‘अग्निपथ’ योजना गोर्खा भर्ती सन्धि प्रतिकूल : रावल

भारतको ‘अग्निपथ’ योजना गोर्खा भर्ती सन्धि प्रतिकूल : रावल

अग्निपथ प्रावधानबारे गोर्खा भर्ती सन्धिअनुसार भारतीय सेनामा भर्ती हुने नेपालीको हकमा सरकारले सदनलाई जानकारी दिनुपर्ने माग।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

National life

काठमाडौं– नेकपा एमाले सांसद भीम रावलले भारतले अघि सारेको ‘अग्निपथ’ योजनामा नेपालीलाई लिए गोर्खा भर्ती सन्धि खारेज गर्नुपर्ने बताएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले भारत सरकारको अग्निपथ योजना गोर्खा सैनिक भर्ती सन्धि विपरीत रहेको बताएका हुन्। 

अग्निपथ योजनाअन्तर्गत भारतीय सेनामा सहभागिता हुने गरी ४ वर्षका लागि भर्ना खोलिएको, त्यसरी भर्ती भएकाले जल, स्थल र अकासमा खटाइएको ठाउँमा काम गर्नुपर्ने र सेवामा खटाइएकाले उपदान, महँगी भत्ता तथा अरू सेनाले जस्तो पाउने सुविधा नपाउने उनले दाबी गरे।

चार वर्षका लागि खोलिएको अग्निपथ योजनाअन्तर्गत भर्ती भएकालाई कुनै पनि समय सेवाबाट हटाउन सकिने प्रावधान गोर्खा भर्ती सन्धि विपरीत भएको उनले बताए।गोर्खा भर्ती सन्धिअनुसार भारतीय सेनामा भर्ती हुने नेपालीको हकमा अग्निपथ प्रावधानबारे सरकारले सदनलाई जानकारी दिनुपर्ने माग रावलले गरे।

प्रकाशित: Jul 24, 2022| 15:31 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।