सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २ सय युवतीमार्फत् ठगी धन्दा चलाएको आशंका, कल सेन्टरमा प्रहरी छापा

२ सय युवतीमार्फत् ठगी धन्दा चलाएको आशंका, कल सेन्टरमा प्रहरी छापा

३ वटा फ्ल्याट भाडामा लिई ३ सय कम्प्युटर राखेर काम गर्ने कल सेन्टरमा अवैद्य धन्दा भएरहेको सूचना आएपछि छापा मारिएको रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

बुटवल- अवैध धन्दा गरेको आशंकामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ। तिलोत्तमा नगरपालिका २ जानकीनगरमा ४ तल्लाको घरमा सञ्चालित कल सेन्टरमा प्रहरीले आइतबार छापा मारेको हो। 

National life

३ वटा फ्ल्याट भाडामा लिई ३ सय कम्प्युटर राखेर काम गर्ने कल सेन्टरमा अवैद्य धन्दा भएरहेको सूचना आएपछि छापा मारिएको रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए। 

२ सय भन्दा बढी १८/१९ वर्षका युवती उक्त कल सेन्टरमा कार्यरत रहेको पाइएको छ। सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पार्ने गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 

चिनियाँ र भारतीय नागरिकसमेतको लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए। सञ्चालक पक्राउ गरेर विस्तृत विवरण सार्वजनिक गर्ने प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: Jul 24, 2022| 15:21 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।