सोमबार, साउन १८, २०८३

सुन्दरीजलमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौंको सुन्दरीजलस्थित खोलामा खसेर बेपत्ता भएका किशोर मृत फेला परेका छन्। शनिबार बेपत्ता भएका किशोरको शव आइतबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– काठमाडौंको सुन्दरीजलस्थित खोलामा खसेर बेपत्ता भएका किशोर मृत फेला परेका छन्। शनिबार बेपत्ता भएका किशोरको शव आइतबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौंको कपनका १६ वर्षीय शुभमश्री प्रधानको शव फेला परेको हो। शनिबार उनी साथीहरूसँग सुन्दरीजल घुम्न गएका थिए। फोटो–भिडियो खिच्ने क्रममा उनी खोलामा खसेका थिए।

उनी खसेको ठाउँनजिक ढुंगाको बीचमा च्यापिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 24, 2022| 15:17 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।