काठमाडौं– भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ। काठमाडौंबाट भक्तपुरको दूधपाटीतर्फ जाँदै गरेको बा२ख ३५८४ नम्बरको बसमा सवार २ जना र बा६१प ३९७८ नम्बरको स्कुटरमा सवार १ जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ व्यासीका २३ वर्षीय विशेष खर्बुजा छन्। अरू दुई जनाको परिचय खुलेको छैन।
भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित ग्रिनल्यान्ड होटल गेट अगाडि गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुख ढलेर च्यापेको थियो। दुर्घटनामा परेर घाइते भएका १२ जनाको उपचार भइरहेको भक्तपुर प्रहरीले बताएको छ।