बिहीबार, असार ३२, २०८३

आजका अखबार : तरकारी व्यापारीको दादागिरीमा सरकार मौन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

कसैले अनुगमनविरुद्ध तरकारी व्यापारीले बजार ठप्प पारेको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले गोपनीयताको हकसम्बन्धी विद्येयक संसद्मा दर्ता भएको विषयलाई प्राथमिकतामा पारेका छन् । 

आजको नागरिक दैनिकले 'तरकारी व्यापारीको दादागिरी' शीर्षकमा खबर लेखेको छ भने कान्तिपुर दैनिकले 'तरकारीमा सिन्डिकेट : अनुगमनविरुद्ध बजार ठप्प' शीर्षकमा खबर छापेको छ । अतिआवाश्यक बस्तु तरकारी विक्रीवितरणमा हड्ताल गरेर कालिमाटी तरकारी बजारमा व्यापारीले दादागिरी देखाएका छन् । 

सरकराी अनुगमनको विरोधमा उपभोक्तालाई असर पुग्ने गरि मंगलबार तरकारी तथा फलफुल किनबेच रोकेर व्यापारी हड्तालमा उत्रिएको पत्रपत्रिकाले लेखेका छन् । अत्यावश्यक वस्तुको निकासी पैठारी तथा नियन्त्रण ऐन २०१७ अनुसार अत्यावश्यक वस्तुको निकासी पैठारीमा अवरोध गर्न पाइदैन । तर, व्यवसायीले विज्ञप्ति जारी गरेरै बन्द गर्दा पनि सरकारले कुनै कारबाही नगरेको उपभोक्ताको गुनासो छ ।

यस्तै आजको अन्नपूर्ण पोस्ट्ले गापनियता भंग गरे कैद शीर्षकमा खबर लेखेको छ भने कान्तिपुर दैनिकले सार्वजनीक पदासीनका विवरण पनि गोप्य शीर्षकमा खबर छापेको छ । सरकारले व्यक्तिगत गोपनियता मंग हुने खालका सामग्री प्रकाशन–प्रसारणमा रोक लगाउने प्रावधानसहितको विधेयक संसद्मा दर्ता गरेको छ ।

विद्येयकअनुसार अब व्यक्तिगत विवरण सार्वजनिक गर्न सम्बन्धित व्यक्तिको मन्जुरी लिनु पर्ने अन्नपूर्णले लेखेको छ । यस विद्येयकले सरकारी राज्यकोषबाट तलव सुविधा लिने सार्वजनिक पदाधिकारीको शैक्षिक प्रमाणपत्र  र व्यक्तिगत विवरण समेत गोप्य राख्ने कानुनी  व्यवस्था गर्न लागेको कान्तिपुरमा उल्लेख छ । 

यसैगरि आजको अन्नपूर्णले विदेशमा काम गर्न गएका विरामी भएर कोमामा रहेका २२ श्रमिकलाई स्वदेश फर्काउने तयारी भएको खबर लेखेको छ भने नागरिक दैनिकले 'खल्तीमा खानी : घुमाउरो बाटोबाट लाइसेन्स बिक्री' शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । उसका अनुसार व्यक्ति वा कम्पनीका नाममा देशभर खानी कब्जा गर्ने र दर्ता गरी मोटो रकममा बेचविखन गर्ने होडवाजी चलेको छ ।  

आजको नयाँ पत्रिकाले भने सवा चार लाख घरमा गोबरग्यास शीर्षकमा खबर छापेको छ । नेपालमा गोबरग्यासको सुरुवात भएको ६३ वर्ष भैसकेको छ भने परियोजनाकै रुपमा विकास हुन थालेको ३३ वर्ष भएको छ । नयाँ पत्रिकाले ३२ घरमा पाइप जोडेर प्रधामन्त्री भन्दैछन् अब सिलिन्डर युगको अन्त्य निश्चित उपशीर्षकमा पनि खबर लेखेको छ ।  

यस्तै निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले नक्कली अभियुक्त सार्वजनिक गरेको भन्दै कञ्चनपुरमा प्रदर्शन भएको, यातायात साधनको प्रदुषण नाप्ने करोडौँका उपकरण उपयोग विहिन भएको विषयलाई महत्वका साथ पहिलो पृष्ठमा छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।