बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काबुलमा राष्ट्रपतीय कार्यालय लक्षित क्षेप्यास्त्र प्रहार

काबुलमा राष्ट्रपतीय कार्यालय लक्षित क्षेप्यास्त्र प्रहार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काबुल- अफगानिस्तानका राष्ट्रपतिको कार्यालयलाई लक्षित गरी मंगलबार तालिबान लडाकू समूहले दुईवटा रकेट प्रहार गरेको छ।

प्रहरीका अनुसार, अफगान राष्ट्रपतिले मुस्लिम समुदायको महान चाड इद अल–अधाका अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सम्बोधन गरिरहेको अवस्थामा रकेट प्रहार भएको हो । 

उक्त रकेट प्रहारसँगै क्षेप्यास्त्र जडित हेलिकप्टरबाट सम्भावित स्थानमा प्रत्याक्रमण गरिएको प्रहरीले जनाएको छ । 

तालिबानले प्रहार गरेको पहिलो रकेट राष्ट्रपति कार्यालय नजिकै झरेको थियो भने दोस्रो रकेट नेटो र अमेरिकी दूतावास नजिकै झरेको थियो तर दुबै आक्रमणबाट कोही पनि हताहत भएका छैनन्, प्रहरी अधिकारी जान आघाले बताए। 

राष्ट्रपति अशरफ घानीको सम्बोधन चलिरहेको समयमा टेलिभिजन च्यानलमा रकेट बिस्फोटको ठूलो आवाज सुनिएको थियो। बिस्फोटको आवाज सुनेका राष्ट्रपति घानीले सम्बोधनकै क्रममा भने, “रकेट आक्रमणबाट अफगानीलाई कमजोर तुल्याउने उनीहरुको सोचाई हो भने उनीहरु गलत छन् ।” 

रकेट आक्रमण गरिएको राजधानी काबुलको यो क्षेत्र सबैभन्दा सुरक्षित मानिन्छ । यही क्षेत्रमा राजदूतावासहरु र उच्च सरकारी कार्यालयहरु रहेका छन् र त्यसलाई अग्ला, बलिया पर्खाल एवं काँडेतारले घेरिएको छ । अमेरिकी राजदूतावासका साथै संवेदनशील सरकारी र सैनिक इलाका नजिकका धेरैवटा सडक बन्द गरिएका छन्।

बन्दुकजडित हेलिकप्टरले त्यही क्षेत्रमा प्रत्याक्रमण गरेको, तथा घर र सवारी साधन ध्वस्त पारिएको प्रहरीले जनाएको छ । 

प्रत्यक्षदर्शीहरुले बिस्फोट लगत्तै त्यही क्षेत्रमा गोली चलेको आवाज सुनिएको बताए । 

गृह मन्त्रालयका प्रवक्ता नजिब डानिसले आक्रमणकारीहरु मारिएको बताएका छन्। अफगान सैनिकफौजका दुई जना घाइते भएका छन् । तालिबानले भने यस आक्रमणका बारेमा केही बताएको छैन । 

अफगान राष्ट्रपति घानीले मुस्लिमहरुको महान चाडका अवसरमा तीन महिने एकतर्फी युद्धविरामको घोषणा गरेका छन्। तर अफगानिस्तानमा सक्रिय लडाकू समूहहरु तालिबान र आइएसका तर्फबाट आक्रमण र अपहरणका सिलसिला रोकिएका छैनन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।