बुधबार, फागुन २०, २०८२

युक्रेनको डोनबास क्षेत्रमा दुई अमेरिकीको मृत्यु

यूक्रेनविरूद्ध रूसले सुरू गरेको युद्धमा महिनौँपछि आक्रमणलाई थप केन्द्रीत गरेपछि त्यहाँ झडप भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

वासिंटन- यूक्रेनको पूर्वी डोन्बास क्षेत्रमा दुई अमेरिकीको मृत्यु भएको अमेरिकी राज्य विभागले शनिबार बताएको छ। यूक्रेनविरूद्ध रूसले सुरू गरेको युद्धमा महिनौँपछि आक्रमणलाई थप केन्द्रीत गरेपछि त्यहाँ झडप भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

यूक्रेनले पहिलेको सैन्य प्रशिक्षणको फरक–फरक किसिमका स्वयम्सेवकहरूका लागि अन्तरराष्ट्रिय सैन्य दलमा भर्ती गरेको छ। यद्यपि, विदेश मन्त्रालयले मृतक अमेरिकीहरू लडाईंका लागि यूक्रेन पठाइएका थिए वा थिएनन् भननैबारे केही उल्लेख गरेको छैन।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले भने, ‘हामी युक्रेनको डोन्बास क्षेत्रमा हालै दुई अमेरिकी नागरिकको मृत्युको पुष्टि गर्न सक्छौं। हामी परिवारसित सम्पर्क राख्दैछौं र सम्भाव्य कन्सुलर सहयोग प्रदान गर्दैछौं।’ 

मन्त्रालयले ‘यस कठिन समयमा परिवारहरूको दुःखमा समवेदना प्रकट गर्नुबाहेक तत्काल थप केही जानकारी दिन असमर्थ भएको बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेश विभागले अमेरिकी नागरिकहरूलाई यस द्वन्द्वमा भाग लिन यूक्रेन नजान सुझाब दिएका छन्।  -एएफपी

kumari

प्रकाशित: Jul 24, 2022| 10:24 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।