मंगलबार, चैत ३, २०८२

काभ्रेमा कोरोना संक्रमण बढ्दै

पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काभ्रे- काभ्रेमा दैनिक कोरोना संक्रमण बढिरहेको पाइएको छ। पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

National life

अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा ५ संक्रमित फेला परेको हो। कार्यालयका अनुसार जिल्लामा २ हप्तादेखि दैनिक कोरोना संक्रमण देखिएको छ। १३ स्थानीय तहमध्ये ७ तहमा संक्रमण देखिएको छ।

यसमध्ये सबैभन्दा बढी सदरमुकाम धुलिखेल नगरपालिकामा १३ महिलासहित २६ जनामा संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा ८ संक्रमित निको भएका जनाइएको छ। पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाका १–१ संक्रमित आइसोलेसनमा उपचाररत रहेको कार्यालय प्रमुख डा. पुरुषोत्तम सेडाईंले जानकारी दिए। उनका अनुसार पछिल्लो दिनमा संक्रमणदर बढिरहेकाले परीक्षणको दायरा बढाइँदै लगिनेछ।

नमोबुद्ध नगरमा ६, बनेपा नगरमा ४ र महाभारत गाउँपालिकामा १ संक्रमित रहेका छन्। हाल जिल्लामा कूल ४२ जनामा संक्रमण रहेको हो। करीब २ वर्ष ५ महिनाको अवधिमा जिल्लामा हालसम्म १७ हजार ६२९ जनामा संक्रमण देखिएको छ। यसमध्ये १९५ संक्रमितको मृत्यु भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 24, 2022| 10:06 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्