बिहीबार, वैशाख ३१, २०८३

शनिबार थपिए ३३५ कोरोना संक्रमित

मन्त्रालयका अनुसार २ हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो।
 |  शनिबार, साउन ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन ७, २०७९

National life

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ।

मन्त्रालयका अनुसार २ हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो। १ हजार ८८ पीसीआर परीक्षणमा २१६ र १ हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ८६ रहेको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ९७१ रहेको छ।

प्रकाशित: Jul 23, 2022| 16:43 शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्