बिहीबार, असार ३२, २०८३

तरकारी विचौलियाको 'सिन्डिकेट' तोड्न सरकार कठोर हुने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- तरकारी व्यवसायमा रहेका विभिन्न तहका विचौलियाको सिन्डिकेट तोड्न सरकार कठोर हुने भएको छ। किसान र उपभोक्ताबीच रहेका विभिन्न तहका विचौलिया हटाउँदै तरकारी व्यवसायलाई पारदर्शी बनाउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा समिति गठन गरिएको छ। 

उक्त समितिले तरकारी व्यवसायलाई पारदर्शी बनाउन, किसानलाई उचित मूल्य दिलाउन, उपभोक्तासमक्ष सही मूल्यमा उपलब्ध गराउन र विचौलियाको सिन्डिकेट हटाउन समिति गठन गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए। 

कालिमाटी तरकारी बजारस्थित सटरमा देखिएका विचौलियाको हालिमुहालीसम्बन्धमा समेत समितिले अध्ययन गरी वास्तविकता बाहिर ल्याएर कारवाही थालिने उनको भनाइ छ। 

समितिमा गृह मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति, जिल्ला प्रशासन काठमाडौं, प्रहरी र विभागका प्रतिनिधिहरू सहभागी छन्।

समितिले यो साताभरिमा प्रतिवेदन तयार गर्ने महानिर्देशक गौचनले जानकारी दिए। 

बुधबार ८ बजेपछि तरकारी बिक्री ठप्प

तरकारी, फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरिएको बताउँदै संस्थाले रिहा गर्न माग गरेको छ। रिहा नगरेसम्म विभिन्न चरणका आन्दोलन गर्ने संस्थाका सचिव राजनप्रसादन पराजुलीले नेपाल समयलाई बताए। ‘जबसम्म अध्यक्षको रिहा हुँदैन, तबसम्म विभिन्न चरणबद्ध आन्दोलन अगाडि बढाउनेछौं,' उनले भने। 

उनका अनुसार बुधबार बिहान ८ बजेदेखि कालिमाटीमा तरकारीको बिक्री ठप्प पारिने र किसानहरूलाई मध्यनजर गरेर बिहान ३ देखि ८ बजेसम्म मात्र कालिमाटीमा तरकारीको बिक्री गरिनेछ। सरकारले माग नसुने थप आन्दोलनका कार्यक्रम अगाडि बढाइने उनको भनाइ छ। उनलार्इ रिहा गरे सरकारसँग वार्तापछि किसान र उपभोक्ताको हितलाई मध्यनजर गरेर तरकारी व्यवसायीहरू अगाडि बढ्ने उनले जानकारी दिए। 

विभागका महानिर्देशक गौचनले सोमबार कालिमाटी तरकारी बजार अनुगमनमा गएको सरकारी टोलीलामाथि अभद्र व्यवहार तथा नियन्त्रणमा लिने प्रयत्न गरेपछि अध्यक्ष भरत खतिवडालाई पक्राउ गरिएको बताए। 
 
‘समितिले अध्ययन गरिरहेको छ। पक्राउ परेका व्यवसायीमाथि छानविन गरेर कानूनबमोजिम कारवाही अघि बढाउँछौं,’ महानिर्देशक गौचनले भने। 

विभिन्न सरकारी तथा निजी संघ-संस्थाका अध्ययनहरूले कालिमाटीलगायत तरकारी बजारमा पाँच तहसम्मका विचौलिया रहेको देखाएका छन्। किसानसँग प्रतिकिलो २० रुपैयाँमा किनेको तरकारी विचौलियाका कारण काठमाडौं ल्याइपुर्‍याउँदा पाँच गुणभन्दा बढी नाफा खार्इ एक सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ।
  
मासिक ११ हजार रुपैयाँ पर्ने कालिमाटी बजारभित्रका सटरको भाडा विचौलियाहरूले खरिद गरी १८ गुणाभन्दा बढी करिब दुई लाख रुपैयाँसम्म असुल्ने गरेको पनि सार्वजनिक भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।