बिहीबार, असार ३२, २०८३

प्रदेश-७ को राजधानी धनगढी र नाम खप्तड !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- प्रदेश-७ को स्थायी राजधानी र नामांकनका लागि गठित विशेष सुझाव समितिले २२ दिनपछि सभामुखलाई प्रतिवेदन बुझाएको छ।
 
विशेष सुझाव समितिले मंगलबार सभामुख अर्जुनबहादुर थापालाई स्थायी राजधानी र नामका विषयमा सुझावसहितको प्रतिवेदन पेश गरेको हो। समितिका संयोजक तथा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले सबैको अपनत्व हुने गरी विशेष सुझावसहितको प्रतिवेदन पेश गरिएको बताए। प्रतिवेदन बुझ्दै सभामुख थापाले छलफलका लागि छिट्टै प्रदेशसभा बैठकमा पेश गरी राजधानी र नामांकनको विषय टुंग्याइने बताए।

समितिका एक सदस्यले तराई, पहाड र हिमाल सबैलाई पायक पर्ने गरी प्रदेश राजधानी सिफारिस गरिएको बताए। नामाकरण पनि सबैलाई स्वीकार्य हुने गरी प्रस्ताव गरेको उनले जानकारी दिए। प्रदेशको राजधानी कैलालीको अत्तरियामा तोकिने धेरैको आशंका छ। 

समितिले प्रस्ताव गरेको नाम र स्थानको बारेमा भने जानकारी दिइएको छैन। सुझाव संकलनका क्रममा डोटीबाहेकका अधिकांशले धनगढी क्षेत्रलाई राजधानी राख्न सुझाव दिएको बताइएको छ भने सेतीमा राजधानी हुने र मुख्यमन्त्री पनि सेतीकै भएकाले नाम महाकाली राख्ने सुझाव पनि दिइएको छ।

स्रोतका अनुसार अधिकांशले नाममा खप्तड राख्न सुझाव दिएका छन् भने पश्चिम प्रदेश र सुन्दरपश्चिम प्रदेश पनि राख्न कतिपयले सुझाव दिएका छन्। विशेष सुझाव समितिले प्रतिवेदन बुझाउन तेस्रो पटक थप गरिएको समयमा मात्र सभामुखलाई प्रतिवेदन बुझाएको हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।